यूवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दिपक मनाङ)ले लिए सपथ

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले आज सपथ लिएका छन ।

नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन । सपथ ग्रहण कार्यक्रममा सहभागि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उपसभमुख सिर्जना शर्मा लगायतको उपस्थिती रहेको थियो ।

युवा तथा खेलकूद मन्त्री राजिव गुरुङलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेल । सपथ ग्रहण कार्यक्रममा सहभागि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उपसभमुख सिर्जना शर्मा लगायत ।

सपथ ग्रहण लगतै मन्त्री गुरुङले मन्त्रालयमा पुगेर पदभार समेत ग्रहण गरेका छन । यो सहित उनले दोश्रो पटक प्रदेश सरकारमा यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन ।

सपथ ग्रहण पछि कुरा गर्दै मन्त्री गुरुङले प्रदेशमा यूवा तथा खेलकुद मन्त्रालय नयाँ संरचना भएकोले मन्त्रालयलाई प्रशासनिक रुपमा चुस्त राख्न पहिलो प्रयास हुने बताए । यसै गरी प्रदेशको खेलकुदलाई अझै व्यवस्थित बनाउँदै आगामी वर्षको बजेट २०७८/०७९ का लागि समेत बजेट परामर्श गर्दै प्रदेशको खेलकुदलाई अगाडी बढाउन आफ्नो पहल रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close