रहेनन बिल तामाङः भरोसा योग्य प्रशिक्षकको अवसान

पोखरा स्पोर्टस । सहारा हङकङका उपाध्यक्ष तथा फुटबल प्रशिक्षक बिल तामाङको आज बिहान पोखरामा निधन भएको छ ।

कोभिड १९ बाट संक्रमित भएका तामाङको उपचारको क्रममा आज विहान निधन भएको हो । करिव १२ दिन अघि संक्रमण पश्चात गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचारर्थ तामाङको मंगलबार बिहान ३ः३० मा निधन भएको हो ।

सहारा क्लव पोखरामा प्रशिक्षकको रुपमा २०५८ सालबाट आवद्ध तामाङले हालै मात्र एफसी/एन्फा ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । सन २००१ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षण लिएर फुटबल प्रशिक्षणमा ‘फर्ष्ट क्लास’ भएका उनी नेपाली फुटबल प्रशिक्षक ‘फर्ष्ट क्लास’ हुने पहिलो नेपाली फुटबल प्रशिक्षक समेत थिए ।

गत चैत ८ मा एफसी/ए लाइसेन्स प्राप्त गर्दा उनले पोखरा स्पोर्टस सँग कुरा गर्दै भनेका थिए–“हङकङमा बसेर पनि मैले नेपाली पासपोर्ट त्यागेको छैन, म आफ्नो जन्म भूमीमा केही गरेर देखाउन चाहन्छु, मलाई यसमा झिनो आशा अझै बाँकी छ ।” तर उनका यि भनाई सँगै नेपाली फुटबलका लागि उनी सँधैका लागि अस्ताए भने उनको असमायिक निधनले नेपाली फुटबलले भरोसा योग्य प्रशिक्षकको अवसान हुन पुगेको छ ।

सहारा क्लवमा प्रशिक्षकको रुपमा आवद्ध रहँदा धेरै पोखरेली फुटबल खेलाडी उत्पादनमा अहम भूमिका खेलेका ४५ वर्षिय तामाङका श्रीमती र एक छोरा रहेका छन । पोखरा १३ निवासी संगमटोल निवासी तामाङ गत फागुनमा हङकङबाट एफसी लाइसेन्सका लागि नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close