नेपाल खेलकुद महासंघ कोभिड विरुद्धको अभियानमा

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नाकोस)ले कोभिड विरुद्धको अभियानमा समर्पित रहँदै अत्यावश्यक ठाउँमा स्वास्थ्यका सामाग्री वितरण गरेको छ ।

महासंघका अनुसार शुक्रबार काठमाडौका विभिन्न स्थानमा कोभिड महामारीका बेलामा समेत आफ्नो कर्मक्षेत्रमा खटिएका नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनामा रहेका रहेका खेलाडीलाई मास्क सेनीटाइजर, ग्लोभ्स र फेस सिल्ड सहयोग गरेको हो ।

महासंघका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका सुभाष श्रेष्ठका अनुसार महासंघले सातदोवाटो स्थित ट्राफिक प्रहरी कार्यालय, वुढानिलकण्ठ स्थित प्रहरी कार्यालय र लगनखेल स्थित नेपाली सेनाको प्रशिक्षण केन्द्रमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको जनाएका छन । नेपाली सेनामा कार्यरत विभिन्न खेलकुदमा आवद्ध खेलाडीलाई सहजता होस भन्नका लागि  नेपाली सेनाका सेनानी सरा देवी तामाङलाई स्वास्थ्यका सामाग्री हस्तान्तरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव प्रदिप कुमार खत्रीको नेतृत्वमा आफूहरुले स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी गराउँदै उपाध्यक्ष श्रेष्ठले ‘कोभिड–नो भिड’ भन्ने मुल उद्धेश्यका साथ महासंघले महामारीका बेलामा समेत आफ्नो कर्म क्षेत्रमा खटिएकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै जाने लक्ष्य रहेको बताए । उनले महामारीको बेला सबैलाई सजगता अपनाउन अत्यन्त जरुरी काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कन सबैलाई आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close