गण्डकी प्रदेशका खेलकूद पूर्वाधार व्यवस्थापनको जिम्मा राखेप सदस्य गुरुङलाई

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकूद परिषद (राखेप)ले गण्डकी प्रदेश मातहतमा रहेका खेलकूद पूर्वाधार व्यवस्थापनको जिम्मा परिषदका सदस्य राजेश कुमार गुरुङलाई जिम्मा लगाएको छ ।

राखेपले एक मार्फत परिषदका सदस्य गुरुङलाई उक्त जिम्मेवारी सुम्पिएको हो । राखेपका सदस्य सचिव रमेश कुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ–“यहाँ वोर्ड सदस्य रहनु भई खेलकूद विकास र विस्तारमा महत्वपूर्ण योगदान दिनुभएकोले गण्डकी प्रदेशमा रहेका रंगशाला, कभर्ड हल, खेल मैदान, एवं भौतिक पूर्वाधारहरुको व्यवस्थापन, संरक्षण गर्न जिम्मेवारी सुम्पिएको छ ।”

सोही पत्रको आधारमा राष्ट्रिय खेलकूद परिषद अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय खेलकूद र जिल्ला खेलकूद विकास समितीका कर्मचारीहरुको वैठकले राखेप सदस्य गुरुङको संयोजकत्वमा ७ सदस्यिय समिती गठन गरेको छ । जसको सदस्यमा क्षेत्रिय खेलकूदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकूदका कार्यालय प्रमुख प्रकाश बराल, जिल्ला खेलकूद प्रशिक्षण इन्चार्ज कौशिला खत्री, राखेप कास्की जिल्ला कर्मचारी संघका अध्यक्ष अरुण दत्त र डम्वर बहादुर नेपाली (डिबी) रहेका छन ।

यता गण्डकी प्रदेश सरकारले प्रदेश खेलकूद र जिल्ला खेलकूदलाई पूर्णता दिए सँगै राखेपले पूर्वाधार संरक्षणको जिम्मा भने राखेप सदस्य गुरुङलाई दिएको छ तर राखेपले नै गण्डकी खेलकूद परिषदलाई साउन १ गते बाट लागु हुने गरी राखेप अन्तर्गत रहेका कर्मचारीहरुको व्यवस्थापन उनीहरुको तलव तथा जिल्लामा रहेका कार्यालयहरुको भाडा र अन्य खर्चको व्यवस्थापन गण्डकी खेलकूद परिषद बाटै गर्न पत्राचार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close