एसआरए कप स्क्वासमा मन्त्री गुरुङ पराजित

पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी प्रथम एसआरए कप स्क्वास कप प्रतियोगितामा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पराजित भएका छन ।

कास्की जिल्ला स्क्वास् र्याकेट संघद्वारा आयोजित प्रतियोगिताको सिनियरतर्फको क्वाटर फाइनल खेलमा मन्त्री गुरुङ पराजित भएका हुन । आज भएको खेलमा अर्का सिनियर खेलाडी भागवत नेपाल सँग ३–२ सेटले पराजय व्यहोरेका थिए । निकै प्रतिष्पर्धात्मक ५ सेटको खेलमा पहिलो २–२ सेट बरावरीमा सकिए पनि अन्तिम सेटमा भने भागवतले बाजी मारेका थिए ।

समुह ए अन्तर्गतकै अर्को एक खेलमा भने भागवत नेपाल अशोक रञ्जित सँग ३–२ सेटले पराजय भएका थिए । त्यस्तै अर्को एक खेलमा सन्तोष घिमिरेले वाक ओभर दिए पछि हिराकाजी श्रेष्ठ सेमीफाइनलमा प्रवेश गरेका थिए । हिराकाजीले सेमीफाइनलमा पोखराका उद्योगपती प्रकाश केसीलाई ३–२ सेटमा पराजित गर्दै प्रविन पालिखे सँग फाइनलमा भेट पक्का गरेका छन ।

प्रविन पालिखेले सेमीफाइनलमा अशोक रञ्जितलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । फाइनल खेल आजै पोखरा रंगशालाको स्क्वास हलमा सम्पन्न हुनेछ । विजयी प्रतियोगीहरुलाई गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङले पदक तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको संघका सचिव पालिखेले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close