
पोखरा स्पोर्टस । पोखरामा जारी प्रथम एसआरए कप स्क्वास प्रतियोगितामा सम्पन्न श्रेष्ठ पराजित भएका छन ।
कास्की जिल्ला स्कवास र्याकेट संघले आयोजना गरेको उक्त प्रतियोगितामा सम्पन्न हिराकाजी श्रेष्ठ सँग ३–० को सोझो सेटमा पराजित भएका हुन । राष्ट्रिय खेलकूद परिषदका सदस्य समेत रहेका सम्पन्न वाई पाएर क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
गत वर्षका च्याम्पियन समेत रहि सकेका हिरा काजी सँग पहिलो सेट ८–११ ले गुमाएका सम्पन्नले दोश्रो सेट ७–११ ले गुमाउन पुगेका थिए । त्यसै गरी अन्तिम सेट सम्पन्नले ११–८ ले गुमाउन पुगे ।
विगत २ वर्ष देखि लगातार स्क्वास खेल्दै आएका राखेप सदस्य श्रेष्ठले आजको खेल भने रोमाञ्चपूर्ण रहेको प्रतिक्रिया दिए । उनले भने–“पक्कै पनि कास्की च्याम्पियन जस्तो खेलाडी हिराजी सँग जित निकाल्न कठिन थियो तर पनि यो पराजय मेरा लागि निकै रोमाञ्चपूर्ण रह्यो । खेलाडी मैदानमा जितका लागि भोको हुन्छ तर कहिले काँहीको पराजयले त्यो भोक मेटाउँदो रहेछ ।”
एसआरए कप स्क्वास अन्तर्गत पोखरा रंगशालामा क्वाटरफाइनल र सेमीफाइनलका खेल जारी रहेका छन । प्रतियोगिता भोली शुक्रबार सम्म सञ्चालन हुने संघका सचिब प्रविन पालिखेले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
