
पोखरा स्पोर्टस । १९ औं आहा ! रारा गोल्डकपको लागि पोखरा आएको क्यामरुनको फुटबल टोली अफ्रिकन रुट्स यूनाइटेडलाई स्वदेश फिर्ता गर्न सहाराले आग्रह गरेको छ ।
सहारा क्लव पोखराले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एक पत्र मार्फत स्वदेश फिर्ता पठाउन आग्रह गरेको हो । आहा रारामा सहभागीता जनाउन पोखरा आएको टोली चैत २७ गते सहारालाई छक्काउँदै सर्लाहीको एक प्रतियोगितामा सहाभागिता जनाए पछि सहारा संशकित बनेको थियो ।
सहाराले एन्फालाई एकपत्र मार्फत भनेको छ–“१९ औं सस्करणको आहा रारामा गोल्डकपको फाइनलमा अफ्रिकन रुट्स दोश्रो हुन सफल भएको जानकारी गराउँदै प्रतियोगिताको नियमनुसार अव हाम्रो कुनै दायित्व नहुने भएकोले स्वदेश फिर्ता पठाउन सम्वन्धित निकायमा पहल गर्न आग्रह गछौं ।”
तर यता एन्फाले अफ्रिकन रुट्सको भिसा वैशाख ११ गते सम्म रहेको र उक्त टोलीले त्यस अविधी भित्र नेपालका विभिन्न ठाउँमा आयोजना हुने प्रतियोगिताहरुमा सहभागिता जनाउने बताएको छ । नेपालमा एउटा क्लवको निम्तोमा विदेशी टिम बोलाउने र कमिशन लिने एजेन्टहरु समेत वढ्दै गए पछि विदेशी टिम नेपालमा आएर खेल्नु कमिशनको चक्कर मात्रै रहेको जानकारहरु बताउछन । केही वर्ष यता विदेशी टिमलाई ठेक्कामा नेपाल बोलाउने र विचमा वसेर कमिसन लिने कारणले नेपाली फुटबलले बदनामी कमाउँदै आएको छ ।
