नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप वैशाख ७ गते

पोखरा स्पोर्टस । नेपाल र्याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ्ग च्यामिपयनसिप २०७८ बैशाख ७ र ८ गते हुने भएको छ ।

कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरु सुस्ताईरहेको अवस्थामा खोला सम्वन्धी प्रतियोगिताहरु र गतिविधीहरु नभईरहेको अवस्थामा नेपाल एसोशियसन अफ र्याफ्टिङ्ग एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल र्याफ्टिङ्ग तथा क्यानोईङ्ग संघको अफिसियलहरुको बैठकले सुस्ताएको खोलाको खेलको गतिबिधीलाई अगाडी बढाउनु पर्ने निर्णका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।

च्याम्पियनसिप त्रिसुली खोलामा आयोजना हुने छ । जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान गरेको समेत महासचिव गौतमले बताए ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close