हिमा–अस फुटसल बैशाख ९ गते

पोखरा स्पोर्टस । शैक्षिक परामर्शदाता कम्पनी ‘हिमा–अस पोखरा एजुकेशन कन्सल्टेन्सी’को आयोजनामा ‘हिमा–अस कप फुटसल प्रतियोगिता’ हुने भएको छ । आगामी बैशाख ९ र १० गते पोखरा गणेशटोलस्थित ‘स्पोर्टस् क्यासल’मा यो प्रतियोगिता हुनेछ ।

कम्पनीका अनुसार यो प्रतियोगिता कलेजस्तरीय हुनेछ । कम्पनीले गर्न लागेको यो फुटसल प्रतियोगिता दोस्रो सँस्करणको हो । ‘हिमा–अस एजुकेशन एण्ड कन्सलटेन्सीले विभिन्न कलेज र यूनिभर्सिटीसँग भाइचाराको विकास गर्दै विद्यार्थीहरुसँग सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने उद्देश्यले हामीले यो प्रतियोगिताको आयोजना गरेका हौँ ।’ हिमा–अस पोखराको तर्फबाट प्रतियोगिताको सँयोजन गरिरहेका प्रतियोगिता सँयोजक अर्जुन पाण्डेले भने–‘त्यो बाहेक शिक्षासँगै खेलकुदको पनि प्रमोट गर्ने हाम्रो लक्ष्य हो ।’

संयोजक पाण्डेका अनुसार प्रतियोगितामा ३५ भन्दा बढि कलेजको सहभागिता हुने अनुमान छ । प्रतियोगितामा प्लस टु देखि स्नातक तहसम्मका विद्यार्थीहरु खेलाडीको रुपमा सहभाागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने समूहले २५ हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडी÷कलेज शीर्षकमा समेत पुरस्कार दिईने कम्पनीले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने समूहले फर्मको लागि न्यूरोड बुद्धमार्गस्थित कन्सल्टेन्सीको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close