आहा ! रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा, उद्घाटन खेलमा आयोजक सहारा र एपिएफ भिड्ने

पोखरा स्पोर्टस । १९ औं सस्करणको आहा ! रारा गोल्डपको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लवले जनाएको छ ।

सम्पूर्ण तयारी पुरा भए सँगै उद्घाटन खेलमा आयोजक सहारा क्लवल र शसस्त्र प्रहरीको एपिएफ क्लव भिड्ने भएका हुन । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले जनाएका छन । त्यसै गरी प्रतियोगिताको समापन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वाले गर्ने कार्यक्रम तय भएको छ ।

सहारा यूकेको टोली पोखरामा, क्लवले गर्यो स्वागत
१९ औं सस्करणको आहा रारा गोल्डकपका लागि सहारा क्लवको पोखराको भातृ संस्था सहारा यूकेको टोली पोखरा आइपुगेको छ ।

पोखरा आएको सहारा यूकेको टोलीमा पूर्व अध्यक्ष तथा मानार्थ सदस्य दिलिप गुरुङ ‘एमविई’, सहारा यूकेका लागि १९ औं आहा राराका संयोजक समेत रहेका कमल गुरुङ, सल्लाहकार मुछेत्र गुरुङ, सल्लाहकार दिलरास गुरुङ, सदस्य लिलकाजी गुरुङ, सहारा यूकेका कार्यसमिती सदस्य सुधा गुरुङ, सदस्यहरु भोज बहादुर गुरुङ, क्या. सूर्य गुरुङ, क्या. जुन काजी गुरुङ, नरेश घले, मेजर डम्वर सिंह घले ‘एमविई’, तर्कजङ गुरुङ रहेका छन ।

सहारा क्लव पोखराले सहारा यूकेको टोलीलाई एक विशेष कार्यक्रमका विच स्वागत गरेको छ ।

१९ औं संस्करणका लागि सहारा यूकेका सल्लाहकार चन्द्रमान गुरुङ र सहारा क्लवका मानार्थ सदस्य महेश गुरुङ समेत केही दिनमा पोखरा आइपुग्ने सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिएका छन ।

स्मरणिय के छ भने सहारा यूकेले प्रतियोगिताका लागि यूकेबाट आकर्षक मेडल र विद्यागत तर्फका ट्रफीहरु प्रायोजन गरेको छ ।

१९ औं सस्करणलाई सहारा क्लवले पोखराका प्रतिष्ठित उद्योगपती तथा राजनितिककर्मी स्व सूर्य बहादुर केसीको स्मरणमा विशेष बनाउने भएको छ । पोखराको फूटबल विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको संस्मराणमा विद्यागततर्फ १० हजारले वृद्धी समेत गरेको अध्यक्ष थापाले जनाएका छन । उनको स्मृतीमा सहाराले प्रदान गर्ने विद्यागत अवार्डमा स्व केसीको नाम समेत जोड्ने भएको छ । जस अनुसार सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट गोलकिपर, सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट डिफेन्डर अवार्ड, सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट मिडफिल्डर अवार्ड, सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट स्ट्राईकर अवार्ड र सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट कोच अवार्ड रहेका छन । सवै विद्यागत अवार्डमा ट्रफी र नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी, वेष्ट अफ फाईभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगाएत म्यान अफ दि म्याच नगद पुरस्कार प्रत्येक म्याच रु ५ हजार दरमा सहयोग रकम सहारा यू. के. ले उपलब्ध गराएको छ । विगतमा झै “सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७” ले एक जना राष्ट्रिय खेलाडीलाई नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्ला सहित सम्मान गरिने आयोजकले जनाएको छ । उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङ्गद्वारा गरिएकोछ ।

नेपालका चर्चित ७ र एक विदेशी सहित ८ वटा क्लवहरुको भिडन्त रहेको १९ औं संस्करणमा सहारा क्लब पोखरा, नेपाल ए. पि. एफ. क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन, संकटा क्लब र नेपाल आयल निगम मनाङ्ग मस्र्याङ्गदी क्लब, रुसलान थ्रिस्टार क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । । प्रतियोगिताको उपाधि विजेता र उपविजेताले क्रमशः रु. १० लाख १ हजार र रु. ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ । यस प्रातियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ प्रक्षेपण गरिएको क्लवले जनाएको छ ।

प्रेस विज्ञप्तीको पूर्णपाठ
मिति : २०७७।१२।१९
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार ज्यूहरु,
नमस्कार !
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९ औं संस्करण २०७७ साल चैत्र २१ गते देखी चैत्र २८ गते  सम्म खेल सञ्चालन गर्न समय तालिका अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएको जानकारी गराउँदछौं । यस प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार क्रमशः रु. १० लाख १ हजार र रु. ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ । यस प्रातियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ प्रक्षेपण गरिएकोछ । क्याराभान गोल्ड कप सहित २० वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेको छ । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको हुँदा सम्र्पुण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेकाछौ ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यावाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउले गरेको छ । साथै उप प्रायोजक गोर्खा बु्रअरी प्रा. ली. को उत्पादन सानमिगल, उप प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रा.लि., एजुकेशन पार्टनर प्रायोजक हिमा–अस एजुकेशन कन्सेल्टेन्सी, सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, सह उप प्रायोजक चरक मेमोरियल हस्पिटल प्रा. लि., अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल स्र्पोट वयर पार्टनर एक्स टेप, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा. लि. अफिसियल एयरलाईन्स बुद्ध एयर,., अफिसियल ड्रिकिङ्ग वाटर प्यूरो पानी, अफिसियल फुड् डेलिभरी पार्टनर फुड्माण्डू,, अफिसियल ईन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड, साथै प्रदेश सांसद राजिव गुरुङ्गबाट ५० हजार रुपैयाँ, समाजसेवी, कानुन व्यवसायी एवं सहारा क्लब हङ्गकङ्ग सल्लाहकार देव गुरुङ्ग, ५० हजार १ सय रुपैयाँ नगद सहयोग प्राप्त भएको छ भने, सिताज्, एल.जी. टि.भी, होटल ब्लु म्याग्नेट, होटल डेला माउण्ट, मुग्लान रेष्टुरेण्ट एवं बार, वल्ड लिङ्ग, गुडविल स्र्पोट्स, मेन्ला इन्टरप्राइजेज, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, बाबा फाउण्डेशन ‘स्वच्छ हराभरा पोखरा अभियान’ सहयोगी संस्था साथ साथै राष्ट्रिय खेलकुद परिषद÷गण्डकी प्रदेश खेलकुद परिषद/अखिल नेपाल फुटबल संघ/पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की/कास्की जिल्ला फुटबल संघ/सहारा यु.के./सहारा क्लब हङ्गकङ्ग/सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोगमा पोखरा महानगरपालिका संयोजनमा यस प्रतियोगिताको आयोजना गरिएको छ ।

सहारा क्लब पोखराको स्थापना काल देखी क्लबको उन्नति एवं वृद्धि विकासमा महत्वपुर्ण योगदान पु¥याउन भएकोमा पुरस्कृत राशीमा १० हजार वृद्धि गरि यस वर्षबाट निरन्तर रुपमा आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको आकर्षक पाँच विधा एवार्ड सुर्य बहादुर के. सी. स्मृतिमा प्रदान गरिनेछ ।

सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट गोलकिपर एवार्ड ट्रफि एवं नगद २५ हजार
सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट डिफेन्डर एवार्ड ट्रफि एवं नगद २५ हजार
सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट मिडफिल्डर एवार्ड ट्रफि एवं नगद २५ हजार
सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट स्ट्राईकर एवार्ड ट्रफि एवं नगद २५ हजार
सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट कोच एवार्ड ट्रफि एवं नगद २५ हजार

यस प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी, वेष्ट अफ फाईभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगाएत म्यान अफ दि म्याच नगद पुरस्कार प्रत्येक म्याच रु ५ हजार दरमा सहयोग रकम सहारा यू. के. ले उपलब्ध गराएकोछ । विगतमा झै “सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७” ले एक जना राष्ट्रिय खेलाडीलाई नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्ला सहित सम्मान गरिनेछ । उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङ्गद्धारा गरिएकोछ ।

यस उन्नाईसौं संस्करणको प्रतियोगितामा विगतमा झै मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. द्धारा उत्पादित रारा तयारी चाउचाउ (रु.१ लाख बराबर) टिकट काटेर आएका दर्शकहरुलाई निःशुल्क वितरण गरिनेछ । साथै प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकहरु मध्ये १ जना दर्शकलाई १ थान एल. जि. टि. भि. साथै यस पटकबाट अग्रिम टिकट काट्नको लागि अनलाईन टिकेटिङ्गको लागि स्प्यारो पे प्रा. ली. “खल्ती” बाट सुविधा प्रदान गरिएको छ । साथै खल्ती एक्साइटिङ्ग फ्यान अफ द म्याच गोला प्रथाबाट छनौट गरि प्रत्येक खेलमा २ हजारको दरले प्रदान गरिनेछ । यस प्रतियोगिताको सम्पुर्ण खेलको प्रत्यक्ष प्रशारण देखापढी डटकमबाट अनलाईन हेर्न सकिनेछ ।
पोखरा रंगशालाको पुर्वाधार हाम्रो हो । हामीले संरक्षण नगरे कसले गर्ने ! भावी सन्ततीको लागि सुरक्षित राख्न सहकार्य गरिदिनुहुनको सम्पुर्ण खेलप्रमी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

साथै यस प्रतियोगितामा गेट टिकट क्वाटर फाइनलको रु. १५०।– (अक्षरुपी एक सय पचास रुपैयाँ मात्र) र सेमिफाईनल रु. २००।– (अक्षरुपी दुई सय रुपैयाँ मात्र) र फाईनल खेलको रु. ३००।– (अक्षरुपी तीन सय रुपैयाँ मात्र) टिकट दर कायम गरिएकोछ । साथै प्रतियोगिता अवधिभर खेल हेर्न पाउने गरि सिजनल टिकट रु २,०००।– (दुई हजार रुपैयाँ मात्र) कायम गरिएकोछ ।

यस प्रतियोगिताको खेल तालिका ः

पहिलो क्यावटर फाइनल २१ गते समुद्घाटन खेल सहारा क्लब पोखरा र नेपाल ए. पि. एफ. क्लब
दोश्रो क्यावटर फाइनल २२ गते, मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन
तेश्रो क्यावटर फाइनल २३ गते, संकटा क्लब र नेपाल आयल निगम मनाङ्ग मस्र्याङ्गदी क्लब
चौथो क्यावटर फाइनल २४ गते, रुसलान थ्रिस्टार क्लब र नेपाल पुलिस क्लब
पहिलो सेमिफाइनल २५ गते, २१ गते र २३ गतेको विजेता
दोश्रो सेमिफाइनल २६ गते, २२ गते र २४ गतेको विजेता
फाईनल २८ गते, २५ गते र २६ गतेको विजेता
बिचमा खेल सञ्चालन हुने जानकारी गराउँदछु ।
१८ औं संस्करणको विजेता नेपाल आयल निगम मनाङ्ग मस्र्याङ्गदी क्लब र उप विजेता नेपाल पुलिस क्लब रहेको थियो ।
नेपाल सरकारबाट जारी कोभिड–१९ न्यूनिकरण गर्नको लागि स्वास्थ्य मन्त्रालयबाट निर्देशित मापढण्डलाई पुर्ण रुपमा पालन गरिनेछ । साथै गण्डकी प्रदेश खेलकुद परिषदको सौजन्यमा प्रत्येक दिन दर्शकहरुलाई एक प्रति माक्सको निःशुल्क व्यवस्था प्रदान गरिने जानकारी गराउँदछ ।
अन्त्यमा प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्पुर्ण राजनैतिक दल, भातृ संगठन, संघ संस्था, व्यवसायी एवं खेलकुद प्रेमीहरुबाट महत्वपुर्ण सहयोगको अपेक्षा र सदभावको आशा राख्दै, प्रतियोगिता अवधिभर बन्द, हडताल, चक्काजामको कार्यक्रम नराखिदिनुहुन सम्बन्धित सबैमा अनुरोध समेत गर्दछौं ।
धन्यवाद
रामजी प्रसाद अधिकारी
महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close