
पोखरा स्पोर्टस । लास भेगास शहरको नाम सँग आज दुनियाँ परिचित छ । त्यो भनेको यहाँको रेस्लिङ खेल । जसका कारण आज संसार त्यहाँबाट विकास भएको एक खेलको रुप रिङ रेस्लिङ नै हो । के पोखरा पनि लास भेगास होला त ?
पोखरा शहर पर्यटकिय शहर त हो नै हो । तर त्यस भन्दा पनि पुरै पोखरा उपत्यका खेलकूदको रंगशाला हो भन्ने कुरामा दुई मत छैन । पोखरा रंगशाला अवलोकनका क्रममा रिङ रेस्लिङ आयोजनाको कुरा चल्यो । खेलकूदमा निकै रुची राख्ने गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले भनि हाले–“पोखरालाई लास भेगास बनाउने नै हो त ?”
लास् भेगास त्यसै पक्कै पनि लास् भेगास बनेको होइन । यसका लागि धेरैको योगदान सँग–सँगै राज्यको भूमिका पनि उत्तिकै थियो र छ । लास् भेगास बाट उदाएको रिङ रेस्लिङ खेल यतिबेला विश्वका हरेक कुना कंन्दरामा पुगेको छ । टेसिलभिजनको पर्दामा २४ सै घन्टा छाउने यो खेलको मोहमा गण्डकी प्रदेशका मुख्य मन्त्री पनि पक्कै फसे जस्तै छ । त्यही भएर उनले लास् भेगासमो नाम उच्चारण गरे । अनि दर्शाए म पनि यो खेलकौ एक प्रिय दर्शक हो ।
पोखरामा यहि चैत्र २० र २१ गते रिङ रेस्लिङ खेल आयोजना हुँदैछ । यो राष्ट्रिय प्रतियोगिताको रुपमा रहेको छ । पोखरामा रिङ रेस्लिङका खेल त्यती आयोजना भएका छैनन । एकाध रुपमा हुने गरेका केही खेलहरुले दर्शकको मन पक्कै छोएको हुनुपर्छ । मनोरञ्जनपूर्ण यो खेलको तयारीमा यति बेला नेपाल रिङ रेस्लिङ संघ जुटिरहेको छ । पोखरेली रेस्लिङका पारखीहरुका लागि यो पक्कै पनि सुवर्ण अवसर पनि हो । प्रत्यक्ष रुपमा खेल अवलोकन गर्ने अनि यो खेलको विकासका लागि आवाज पनि उठाउने ।
भविष्यमा पोखरा लास भेगास बन्ला नवल्ला त्यो यती बेलालाई थाती राखौं । तर पोखरेलीहरुलाई यो खेल पस्कन आतुर छिन नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ । उनको नेतृत्वमा भइरहेको तयारी हेर्दा चैत्र २० र २१ गते हुने खेलले पोखरामा पनि यो खेलको निकै मोह छ भन्ने कुरा दर्शाउने छ । ३८ जना भन्दा वढी खेलाडीहरु पोखरा आगमनले दुई दिनको प्रतियोगिता भव्य र सभ्य हुने कुरामा कुनै दुई मत छैन । उनी भन्छिन–“हाम्रो तयारी तिव्र छ, पक्कै पनि दर्शकको मायाले नेपालमा यो खेल स्थापित गर्न हामीलाई अझै हौसला मिल्नेछ ।”
पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्ड हलमा आयोजना हुने रिङ रेस्लिङ खेल जति मनोरञ्जनपूर्ण छ त्यती नै आयोजनाको खर्च पनि ठूलो छ । “खर्च धान्न निकै समस्या छ” भन्छिन संघकी महासचिव तथा राखेपकी सदस्य समेत रहेकी महासचिव श्रेष्ठ–“यसको तयारीमा नै धेरै खर्च लाग्छ, खेलाडीहरु ४–५ महिना बाट नै खेलको तयारीमा जुट्छन् ।” एक खेल आयोजनाका लागि ३५–४० जना खेलाडीलाई सँगै तयारीमा जुटाउनु त्यती सहज भने छैन । यो खेलका नेपाली प्रशिक्षक नुवाकोटे टाइगर जो आफै पनि खेलाडी समेत हुन उनले नै खेलाडीहरु तयार गर्छन ।
मुख्य मन्त्री गुरुङले भने जस्तै गरी पोखरालाई लास भेगास अर्थात रिङ रेस्लिङ खेलको शहर बनाउने सपना पुरा गर्न पक्कै पनि आम खेलप्रेमी र दर्शको साथ आवश्यक पर्छ । धेरै खेलाडीको उत्पादन सँगै प्रशिक्षणको खाँचो पनि पर्छ । उत्तिकै हौसला सँगै आर्थिक, भौतिक र नैतिक समर्थन पनि चाहिन्छ । आयोजक संघ हुन्छ तर एक्लै संघ मात्रै काफि छैन । संघको पछाडी लामवद्ध दर्शक र राज्यको साथ चाहिन्छ । तव मात्रै गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री गुरुङले भने जस्तै गरी पोखरालाई लास भेगास बनाउने सपना पुरा हुन्छ ।
RW RIng Wrestling….!!!

