राष्ट्रिय सभा अध्यक्ष कप भलिबलमा उपाधिका लागि पर्वत र बागलुङ भिड्ने

पोखरा स्पोर्टस । पर्वतको राम्चे ठाँटीमा जारी राष्ट्रिय सभा अध्यक्ष कप पुरुष भलिबलमा उपाधिका लागि पर्वत र बागलुङ भिड्ने भएका छन ।

पहिलो पटक राष्ट्रिय सभा अध्यक्षको नामबाट आयोजित गण्डकी प्रदेश स्तरिय पुरुष भलिबलको उपाधिका लागि बागलुङ र पर्वत भिड्ने भएको एविसी अन्तर्राष्ट्रिय तथा रेफ्रि समितीका संयोजक तहल सिंह थापा मगरले जनाएका हुन । सोमबार भएको सेमीफाइनलमा पर्वत जिल्ला भलिवल संघले म्याग्दी जिल्ला भलिवल संघलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान शुरक्षित गरेको छ ।

त्यसै गरी आजै सम्पन्न दोश्रो सेमीफाइनलमा बागलुङ जिल्ला भलिवल संघले भलिबलमा प्रदेशकै उत्कृष्ट मानिएको स्याङजा जिल्लालाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।

फाइनल खेलहरु मंगलबार सञ्चालन हुने सँगै तेश्रो स्थानका लागि म्याग्दी र स्याङजा भिड्ने एविसी रेफ्रि थापाले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन । विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना भएको भलिबल प्रतियोगितामा उपाधि विजेताले नगद रु १ लाख ५० हजार, द्वितियले १ लाख र तृतियले नगद ५० हजारका साथमा कप, मेडल र ट्रफी प्राप्त गर्ने भएका छन ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार तथा अन्य विद्यामा उत्कृष्ट हुनेले समान नगद रु ३ हजार प्राप्त गर्नेछन ।

यहि चैत १३ गते बाट शुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गरेका थिए ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close