पाँचौ पोखरा स्पोटर्स अवार्ड : खेलाडी मनोनयन सार्वजनिक

पोखरा स्पोर्टस । पाँचौं संस्करणको पोखरा स्पोर्टस अवार्डको लागि विभिन्न विधामा मनोनयनमा परेका खेलाडीहरु सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आउँदो वैशाख २० गते पोखरा सभागृहमा आयोजना गर्ने उक्त स्पोटर्स अवार्ड अन्तर्गत ४ विधाका खेलाडी एवं प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कराँतेका नविन रसाइली, टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल बर्ष उत्कृष्ट खेलाडीको रुपमा मनोनयमा पर्ने सफल भएको मञ्चका अध्यक्ष एकराज गिरीले बताए । त्यसै गरी बर्ष उत्कृष्ट महिला तर्फ साइक्लिङकी जमुना थापा, तेक्वान्दाकी पार्वती गुरुङ र तेक्वान्दोकी प्रशंसा क्षेत्री मनोनयनमा परेका छन ।

त्यस्तै उदियमान खेलाडीमा पौडीका दुवाना लामा, लनटेनिसका प्रदिप खड्का, क्रिकेटका विपिन खत्री मनोनयनमा परेका हुन । वर्ष उत्कृष्ट प्रशिक्षकमा पौडीका आनन्द कुवंर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका शुरेश मल्ल मनोनयनमा परेका छन ।

गण्डकी प्रदेशका उत्कृष्ट बर्ष महिला तथा पुरुष खेलाडीहरुलाई पोखरा स्पोटर्स अवार्डको उपाधि सहित जनही नगद रु २–२ लाख नगदले सम्मान गरिने भएको छ । कोरोनाको कारण गत बर्ष स्थगित भएको उत्त कार्यक्रम यस बर्ष सहित खेलाडीहरुको मुल्याङकन सहित प्रदेशमा उच्चतम खेलकुद क्षेत्रमा योगदान पुर्याएको महिला तथा पुरुष एक–एक जना खेलाडीलाई वैशाख २० गते घोषणा सहित सम्मान गरिने भएको अध्यक्ष गिरीले बताए ।

न्यूनतम २० बर्ष खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट यस बर्ष पनि सम्मान गरिने भएको छ । त्यसै गरी उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ (२ जना) लाई सम्मान गरिने भएको हो । ४० हजार मुल्य बराबरको चाँदीको करुवाको साथमा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ भने अन्य विधामा अवार्डको साथमा जनही नगद ३५ हजार रुपैया प्रदान गरिने भएको अध्यक्ष गिरीले जनाए । यस अघि टिभिएसले मुख्य प्रायोजन गर्दै आएको थियो भने कोभिड १९ ले गर्दा यस बर्ष देखि टिभिएसले  साथ छोडेसंगै बर्ष उत्कृष्ट खेलाडीलाई यस बर्ष नगद पुरस्कार प्रदान गरिने भएको मञ्चले जनाएको छ ।

उनीहरु मध्ये एक जनालाई वैशाख २० गते बिषेश कार्यक्रमका बिच उत्कृष्ट खेलाडी एवं प्रशिक्षको रुपमा घोषणा सहित अवार्डबाट सम्मान गरिने भएको हो। मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा प्रतिभा छनौट समिति गठन भएको हो । उत्त अवार्डलाई सफल पार्न राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतको सहयोग हुने भएको महासचिव विजय नेपालले जनाए ।

पत्रकार सम्मेलनामा वोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य एवं प्रतिभा छनौट समितिका संयोजक समेत रहेका रामकृष्ण ज्ञवालीले आफुहरुले खेलाडीहरुको योगदानको आधारमा न्यायसंगत मनोनयन गरेको दाबी गरे ।

राखेपका सदस्य राजेश कुमार गुरुङले उक्त अवार्डं सफल पार्न आफुनी आमाको स्व. जोगमाया गुरुङको स्मृतिमा केही न केही आर्थिक सहयोग गर्ने वचन दिए । खेलाडी एवं खेलकुद क्षेत्रलाई प्रोत्साहन हुने यस्ता कार्यक्रमलाई सफल पार्न खेलकुदकर्मी लाग्नु पर्ने उनको भनाई थियो ।
नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ
https://pokharasports.com/wp-content/uploads/2021/03/nsjf-press-release-16-chaitra-2077.pdf
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close