उज्वेकिस्तान जाने महिला भारोत्तोलन खेलाडीको विदाई

पोखरा स्पोर्टस । उज्वेकिस्तानको तासकन्तमा आयोजना हुने एशियाली महिला भारोत्तोलन सहभागि हुने नेपाली खेलाडीको आज विदाई गरिएको छ ।

उज्वेकिस्तानको राजधानी तासकन्तमा यहि वैशाख ३ देखि ११ गते सम्म ३० औं एशियाली भारोत्तोलन हुने भएको हो । उक्त प्रतियोगितामा सहभागी हुन २ नेपाली महिला खेलाडी सहित १ प्रशिक्षक गरी ३ सदस्यिय टोली त्यसतर्फ जान लागेका हुन ।

नेपाली टोलीमा सञ्जु चौधरी र कमला श्रेष्ठ रहेका छन भने प्रशिक्षकमा सञ्जय महर्जन रहेका छन । सञ्जु र कमला दुवै टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड अन्तर्गत छनोटमा परेका खेलाडी हुन । उनीहरु दुवै पोखरामा रहेर प्रशिक्षणमा व्यस्त रहेका थिए । प्रतियोगितामा ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिताअघि टोली उज्वेकिस्तानमै २६ दिने तालिममा सहभागी हुने छ ।

सन्जु नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता हुन् । सागको कुनैपनि संस्करणमा भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु एक्लो नेपाली महिला खेलाडी हुन् । सन्जु र कमला दुवै ओलम्पियक स्कोलरसिप टोकियो– २०२० का लागि छनोट भएका खेलाडी समेत हुन् । प्रतियोगिता टोकियो ओलम्पिक छनोटका रुपमा समेत रहेको छ ।

उज्वेकिस्तान जाने टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष एवम सांसद जिवनराम श्रेष्ठले एक कार्यक्रमका विच विदाई गरेका छन । सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई विदाई गर्दै जितको शुभकामना दिए । उनले यो प्रतियोगिताले ओलम्पिकको तयारीका लागि खेलाडीले आफूलाई अझै थप निर्खान सहयोग पुग्ने बताए ।

सो अवसरमा भारोत्तोलन संघका अध्यक्ष श्रेष्ठले एनओसीले कोभिड १९ का विचमा खेलाडीको समग्र अवस्था बारे जानकारी लिंदै सहयोगका लागि एनओसीलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैध र महासचिब निलेन्द्रराज श्रेष्ठले समेत खेलाडीलाई विदाई गर्दै जितको शुभकामना दिएका थिए ।

Aha rara Advt
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close