प्रभु इन्स्योरेन्स आहा राराको अफिसियल इन्स्योरेन्स पार्टनर

पोखरा स्पोर्टस । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी र सहारा क्लव बिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएसंगै आहा राराको अफिसियल इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स रहेको हो ।

क्लवका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, निवर्तमान अध्यक्ष विरभद्र आचार्य र प्रभु इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख रविन्द्र श्रेष्ठ बिच सम्झौता पत्र एक आपसमा आदान प्रदान भएको क्लवले जनाएको छ । प्रभु इन्स्योरेन्सले आहा रारामा सहभागि खेलाडी एवं अफिसियलको दुर्घटना बिमा गराउने भएको हो ।

पोखरा रंगशालामा यही चैत २१ गते देखि चैत २८ गतेसम्म आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता रहेको छ ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ वि.स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।
Aha Rara Advt
Pokhara Marathon

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close