राखेप सदस्य गुरुङले भलिबल खेलाडी सुनारको ३ वर्षको विद्यालय शुल्क तिरिदिने घोषणा

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले भलिबल खेलाडी विवेक सुनारको विद्यालयमा लाग्ने सबै शुल्क तिरिदिने भएका छन् ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा विहीबारदेखि शुरु भएको तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगितामा खेल्न आएका शान्ता मावि भकुण्डेका भलिबल खेलाडी सुनारको खेल देखेर प्रभावित भएका गुरुङले सुनारको ३ वर्षसम्मको विद्यालय शुल्क तिरिदिने घोषणा गरेका हुन् ।

सुनार शान्ता मावि भकुण्डेमा कक्षा ११ मा अध्ययनरत छन् । सामुदायिक विद्यालय भएकाले मासिक ५ सय रुपैयाँ मात्रै शुल्क विद्यालयले लिने गरेको सुनारले बताएका छन् । त्यसका अलावा भर्ना शुल्कलगायत गरेर ३ वर्षको कुल ३६ हजार लाग्ने र सो रकम राखेप सदस्य गुरुङले तिरिदिने प्रतिबद्धता जनाएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

राखेप सदस्य गुरुङ खेलाडीको समस्यालाई आफ्नै समस्या ठान्दै खेलाडीको समस्यामा सँधै अगाडी देखा पर्छन । खेलाडीलाई नजिकबाट माया गर्ने मात्रै नभई उनीहरुको दुःख सुःखको साथी समेत बनेका गुरुङ खेलाडीले चोट वोक्दा होस वा अन्य समस्यालाई तत्कालै सम्वोधन गर्छन । स्थानिय देखि राष्ट्रिय खेलाडीको समस्यामा साथ दिंदै आएका गुरुङले कोभिड १९ महामारीको वेलामा होस वा अन्य समयमा सवैको समस्या वुझेर तत्कालै सहयोग गर्छन । तिन पटक सम्म लगातार राखेप सदस्य बनेका गुरुङको खेलाडी प्रती गर्ने सदभाव र मायाका कारण पनि सवैका प्रिय बनेका छन ।

यता कास्की जिल्ला भलिबल संघले पनि भलिबलका कुशल खेलाडीको पहिचान गरि उनीहरुको अध्ययन खर्च बेहोर्ने नीति लिदै आएको छ ।
Aha Rara Advt
Pokhara Marathon Advt

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close