सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु, मन्त्री गुरुङले गरे उद्घाटन

पोखरा स्पोर्टस । तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिता बुधबारदेखि पोखरामा शुरु भएको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन छात्रतर्फका १२ खेल सम्पन्न भए । पहिलो दिनको खेलमा जित हात पार्दै मेश्रम वराह मावि घान्द्रुक, भद्रकाली मावि, शान्ता मावि, महेन्द्र मावि, कालिका मावि (बी), अमरसिंह मावि, जनप्रिय मावि र वराही मावि मालेपाटन क्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणमा छात्रतर्फको पोल ‘ए’ तर्फ मेश्रम वराह मावि घान्द्रुकले ईन्द्र राज्यलक्ष्मी माविलाई २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गर्दै बिजयी भयो । अर्को खेलमा गोगन मावि अनुपस्थित भएपछि भद्रकाली मावि वाकओभर पाएर दोश्रो चरणमा प्रवेश ग¥यो । अर्को खेलमा शान्ता माविले कालिका माविलाई २५–१२ र २५–१५ को सोझो सेटमै पराजित ग¥यो । सोहि पोलको महेन्द्र माविले गौरीशंकर माविलाई २५–१७, १९–२५ र २५–२१ को सेटमा पराजित गरे ।

छात्रतर्फको पोल ‘बि’ तर्फ छोरेपाटन माविले नवीन माविलाई २५–१४ र २५–१२१ को सोझो सेटमा हराउँदा अमरसिंह माविले कालिका मावि काहुँलाई २५–१२ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै, बुधबार नै भएको अर्को खेलमा जनप्रिय माविले सिद्ध वराह माविलाई २५–१७ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो । अर्को खेलमा निश्पक्ष मावि अनुपस्थित हुँदा शान्ता मावि वाकओभर पाएर अर्को चरण प्रवेश ग¥यो ।

बुधबार नै भएको प्रि–क्वाटरफाइनल खेलमा कालिका माविले छोरेपाटन माविलाई २५–२० र २७–२५ को सोझो सेटमा पराजित ग¥यो । पहिलो चरणको खेलमा नवीन माविलाई पराजित गरेर आएको छोरेपाटन मावि बाई पाएर प्रि–क्वाटरफाइनलमा आएको कालिका माविसँग स्तब्ध भएको हो । अर्को प्रि–क्वाटरफाइनलको खेलमा महेन्द्र माविले वराह मावि भेंडाबारीलाई २५–२३ र २५–२२ को सोझो सेटमा पन्छायो । वाकओभर पाएर प्रि–क्वाटरफाइनल आएको महेन्द्र माविले बाई पाएर आएको वराह माविबिरुद्ध जित निकालेको हो । यसैगरी अर्को खेलमा वाराही मावि मालेपाटनले शान्ता माविलाई २५–१३ र २५–१३ को सोझो सेटमा हरायो । कालिका माविलाई हराएर प्रि–क्वाटरफाइनलमा आएको शान्ता मावि बाई पाएर आएको वाराही माविसँग स्तब्ध भएको हो । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा मेश्रम वराह मावि घान्द्रुकले राष्ट्रिय मावि टुँडिखेललाई २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गर्यो ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन विहीबार छात्रतर्फको क्वाटरफाइनल खेल तथा छात्रातर्फको पहिलो चरणका खेलहरु हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार विहीबार छात्रतर्फ मेश्रम वराह मावि र भद्रकाली मावि, शान्ता मावि र महेन्द्र मावि, कालिका मावि र अमरसिंह मावि तथा जनप्रिय मावि र वाराही मावि मालेपाटनबीच सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।

विहीबार छात्रातर्फ पहिलो चरणमा वराह मावि भेंडाबारीले सिद्ध वराह माविसँग, ईन्द्र राज्यलक्ष्मी माविले अमरसिंह माविसँग, भद्रकाली माविले कालिका माविसँग र राष्ट्रिय माविले शान्ता माविसँग प्रतिष्पर्धा गर्नेछ । विहीबार नै छात्रातर्फको क्वाटरफाइनल खेल अन्तर्गत वराह मावि भेंडाबारी र सिद्ध वराह मावि बीचको बिजेताले जनप्रिय मावि सिमलचौरसँग प्रतिष्पर्धा गर्नेछ भने भद्रकाली मावि र कालिका मावि बिचको बिजेताले छोरोपटन माविसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै, राष्ट्रिय मावि र शान्ता मावि बिचको बिजेताले तालवराही माविसँग सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ ।

यसअघी प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिक्षासँगै खेल जोडिएको बताए । शिक्षा लिनका लागि व्यक्ति स्वस्थ हुनुपर्ने र स्वस्थताका लागि खेलकुद आवश्यक भएको उनको भनाई थियो । उनले गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलकुदकोसमेत राजधानी बनाउनुपर्ने भन्दै त्यसका लागि खेलकुदका गतिविधिहरु भइरहनुपर्ने बताए ।

खेलकुद प्रतियोगिता गर्दा पर्यटन मिसाउन आवश्यक नरहेको बताउँदै उनले भने,‘पर्यटन विकासका लागि खेलकुद भनेर प्रोपोजल नबनाऔं, किन भन्नु पर्यो त्यस्तो, खेलकुद प्रतियोगिता गर्दा खेलकुदकै विकासको लागि भन्नुपर्छ ।’ खेल खेलाएपछि स्वतः पर्यटनसँग जोडिने भएपनि खेलका लागि पर्यटन जोडिरहनु आवश्यक नरहेको उनको भनाई थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद गतिविधिले लुकेर रहेका प्रतिभा उजागर गर्दै त्यस्ता खेलाडीको प्रतिभा निखार्नसमेत सघाउने बताए ।

गण्डकी प्रदेश सभा अन्तर्गतको विधायन समितिका सभापति मोहन रेग्मी र ग्ण्डकी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुदमा गण्डकी अञ्चलको इतिहास स्वर्णिम रहेकाले उक्त साख गण्डकी प्रदेशले जोगाउनु पर्ने बताए । त्यसका लागि परिषदले योजनाबद्ध ढंगले काम गर्नेपनि उनले बताए ।

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले विद्यालयकार्यक्रममा नवनियुक्त गण्डकी प्रदेश खेलकूदका सदस्य सचिब तेज बहादुर गुरुङलाई सम्मानपत्रद्वारा बधाई दिइएको थियो । ।

सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डम्बरबहादुर केसीलगायतले भलिबल खेलको विकासका लागि आफूहरुले कास्की जिल्ला भलिबलसँग सहकार्य गरेर प्रतियोगिता आयोजना गरेको र यसलाई आगामी वर्षदेखि रनिङ शिल्डको रुपमा विकास गर्ने तयारी भइरहेको बताए । प्रतियोगिताको उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ७०/७० हजार, उपबिजेतालाई ३५/३५ हजार र तृतीय हुने विद्यालयलाई २०/२० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
Aha rara Advt
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close