आहा ! रारा गोल्डकपको फुड डेलिभरी प्रायोजकमा फुडमाण्डु

पोखरा स्पोर्टस । १९ औं सस्करणको आहा ! रारा गोल्डकपको अफिसियल फुड डेलिभरी प्रायोजकमा फुडमाण्डु अघि सरेको छ ।

यहि चैत २१ देखि २८ गते सम्म सञ्चालन हुने मोफसलको चर्चित ए डिभिजन गोल्ड कपको प्रतियोगिताको विभिन्न शिर्षक अन्तर्गतको प्रायोजन मध्ये फुडमाण्डु फुड डेलिभरी प्रायोजकमा भूमिकामा रहने भएको हो । सो सम्वन्धि आहा ! राराको आयोजक सहारा क्लव र फुडमाण्डु विच एक सम्झौता पत्रमा हस्ताक्षर भएको क्लवले जनाएको छ ।

सम्झौतामा क्लवका तर्फबाट सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा र फुडमाण्डूका तर्फबाट विजनेस डेभलप्मेन्ट अफिसर विष्णु कुमारी गुरुङले हस्ताक्षर गरेका छन । सम्झौता आदान प्रदान कार्यक्रममा सहारा क्लवका पदाधिकारीहरु तथा फुडमाण्डुकी रिजनल इन्चार्ज नेहा श्रेष्ठको सहभागिता रहेको थियो ।

आहा ! रारा गोल्डकपको तयारीमा तिव्ररुपमा जुटिरहेको सहारा क्लवलाई सहयोग तथा प्रायोजन गर्न विभिन्न कम्पनी तथा व्यवसायिक प्रतिष्ठानहरु अघि सर्न थालेको क्लवका अध्यक्ष थापाले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“पोखरामा हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई समेत टेवा पुग्ने गरी हामीले तयारी थालेका छौं, सहाराको अभियानमा सवैलाई जुट्न तथा सहारा एकेडेमीमा आश्रित बालकहरुको सहयोगार्थ सवै खेलप्रेमी महानुभावहरुलाई पहिलेकै जस्तो गरी साथ दिन पनि हामी आह्वान गर्छौं ।”
Aha Rara Advt

Pokhara Marathon Advt.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close