चैत ११ देखि गते देखि पोखरामा विद्यालय स्तरिय भलिबल प्रतियोगिता

पोखरा स्पोर्टस । पोखरामा यही चैत ११ देखि १४ गतेसम्म तेश्रो सिर्जना कप कास्की जिल्ला सामुदायिक बिद्यालय स्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखराको सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा उत्त प्रतियोगिता हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगितामा करिब ५० टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघका अध्यक्ष भिम पराजुलीले बताए । लुकेर रहेका प्रतिभाको प्रतिभा उजागर हुने र यसबाट राम्रा खेलाडी उत्पादन हुने एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने आफुहरुले विश्वास लिएको उनले जनाए ।

प्रतियोगिताका बिजेता छात्र तथा छात्राको टिमलाई जनही ७०/७० हजार, उपबिजेतालाई जनही ३५/३५ हजार र तेश्रो हुनेलाई २०/२० हजारको साथमा शिल्ड, मेडलप्रमाण पत्र वितरण गरिने भएको पराजुलीले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने छात्र/छात्रालाई जनही ५/५ हजार प्रदान गरिने भएको केन्द्रका अध्यक्ष इन्द्र पौडेलले बताए । प्रतियोगिता सम्पन्न करिब १० लाख खर्च लाग्ने भएको उनले जनाए । नेपालको राष्ट्रिय खेल भलिवल भएकोले भलिवल खेलको प्रबद्र्धन गर्न केन्द्रले सहयोग गर्दै आएको अध्यक्ष पौडेलले जनाए । कक्षा १२ सम्मका बिद्यार्थीहरुले सहभागिता गराउन पाउने उक्त प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई छनौट गरी उनीहरुको खेल जीवनमा आवश्यक सहयोग गर्ने भएको संघले जनाएको छ ।

पोखराको भलिवल ट्रेनिङ सेन्टरमा थप प्यारापिट आवश्यक परेकोले त्यसको लागि आवश्यक पहल गर्ने राखेप सदस्य राजेश गुरुङले बताए । गण्डकी प्रदेशको महिला भलिवलको टिम समेत तयार पार्न व्यक्तिगत रुपमा समेत सहयोग गर्ने उनले जनाए । केन्द्रले स्थापनाकाल देखि महिला बालबालिका, शिक्षा,स्वास्थ्य, खेलकुद लगायतको क्षेत्रमा काम गर्दै आएको केन्द्रका महासचिव चन्द्र गिरीले बताए ।
Aha Rara Advt
10 KM Race

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close