गण्डकी प्रदेश खेलकूदका नवनियूक्त सदस्य सचिव गुरुङलाई स्वागत

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई आज एक कार्यक्रमका विच स्वागत गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकूद विकास समिती पोखराद्वारा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव गुरुङलाई स्वागत गरिएको हो । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य राजेश गुरुङ, राखेप सदस्य सुवर्ण श्रेष्ठ, राखेप सदस्य रेणुका श्रेष्ठ, क्षेत्रिय खेलकूदका कार्यालय प्रमुख लक्ष्मण योगी, निर्देशक कृष्ण तिमिल्सिना लगायतले खादा, माला, बुकेले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय र जिल्ला खेलकूद कर्मचारी संघले नवनियूक्त सदस्य सचिव गुरुङलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । जिल्ला खेलकूद कर्मचारी संघका अध्यक्ष अरुण दत्त, जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल लगाएत प्रशिक्षकहरुले समेत गुरुङलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close