
पोखरा स्पोर्टस । सहारा क्लव पोखराद्वारा आयोजना हुने मोफसलको बहुप्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपलाई कानुन व्यवसायी तथा समाजसेवी देव गुरुङले छैटौं पटकसम्म सहयोग गरेका छन् ।
सहारा क्लव हङकङका सल्लाहाकार समेत रहेका गुरुङले छैटौं पटकसम्म गरि तीन लाख रुपैयाँ भन्दा बढि सहयोग गरेका हुन् । उनले १३ औं आहा रारा गोल्डकपमा ५१ हजार, १४ औं मा ५२ हजार, १५ औं मा ५१ हजार एक सय ५१, १६ औं मा ५० हजार, १७ औं मा ५१ हजार र आगामी चैत २१ गतेदखि हुने १९ औं आहा रारा गोल्डकपको लागि ५० हजार एक सय रुपैयाँ सहयोग गरेका छन् ।
पुरानो घर लामाचौर तथा पोखरा १६ लामाचौर स्थायी घर भएका उनले सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमीको लागि २०७३ सालमा २ लाख ५१ हजार एक सय र २०७४ मा ५० हजार रुपैयाँ गरि जम्मा ३ लाख १ हजार एक सय रुपैयाँ सहयोग गरिसकेका छन् । यस बाहेक उनले एकेडेमीको अक्षयकोषको लागि ५० हजार एक सय रुपैयाँ सहयोग गरेका छन् ।
खेलप्रेमी गुरुङले खेलकुदको विकास र सहारा क्लवद्वारा सञ्चालित एकेडेमीको लागि समग्रमा ६ लाख ५६ हजार ४ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । दोहोरी गायक समेत रहेका देव गुरुङ हाल हङकङमा बसोबास गर्छन् ।
AHA RARA ADVT

