राखेपमा बस्नेतको बिदाइ

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ ।

उमेर हद (५८ वर्ष) का कारण बस्नेतले मंगलबारदेखि अनिवार्य अवकास पाउने भएका हुन । २०५३ साल असोज ४ गते राखेपमा अधिकृत तृतीयमा सेवा प्रवेश गरेका बस्नेत अधिकृत द्वितीयबाट अवकास हुन लागेका हुन् । करिब २५ वर्षको सेवा अवधिमा बस्नेतले कर्मचारी प्रशासन शाखा, प्रशासन विभाग, संघ संस्था समवन्य शाखा, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा मानव संशाधन तथा तथ्याङक शाखामा रहेर कार्य गरेका थिए ।

प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख टीका लिम्बू, प्रचार–प्रसार शाखाका प्रमुख दुर्गाप्रसाद दुलाल, संघ संस्था समन्वय शाखाका प्रमुख सरोज पोखरेल, सामान्य प्रशासन शाखा प्रमुख सारदा दाहाल, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राई, ओलम्पियन तेक्वान्दोका दिपक विष्ट, कर्मचारीलगायतले बस्नेत, प्रचार प्रसारको योगदानको चर्चा गर्दै भावी व्यक्तिगत जीवनको सफलताका लागि शुभकामना दिए ।

बस्नेतले प्राविधिक कारणले खेलकुदबाट टाढा रहे पनि खेलकुदको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close