कास्की एन्फा कोषाध्यक्ष विजयाले दिइन राजिनामा

पोखरा स्पोर्टस । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की)की कोषाध्यक्ष विजया गुरुङले आफ्नो पदबाट राजिनामा दिएकी छन ।

कास्की एन्फा छानविनको निर्णय आउन वाँकी रहेकै बेला कोषाध्यक्ष विजयाले राजिनामा दिएकी हुन । पोखरा स्पोर्टस सँग कुरा गर्दै विजयाले आफ्नो र अध्यक्ष मिलन गुरुङ विच केही कुराहरुमा असहमती रहेकोले राजिनामा दिएको बताइन । उनले भनिन–“एन्फा कास्कीको आर्थिक सञ्चालनमा केही कुरामा अध्यक्ष सँग विमती भयो त्यही भएर मैले कोषाध्यक्ष पदबाट राजिनमा दिँए र राजिनामा स्विकृती भएको पत्र समेत मैले पाइसकेकी छु ।”

करिव साढे २ वर्ष अघि कोषाध्यक्ष पदमा मनोनित भएकी विजयाले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु प्रती आभार प्रकट गर्दै कोषाध्यक्ष पदबाट राजिनामा दिए पनि कास्कीको फुटबल विकासका लागि आफू सँधै लागि पर्ने बताइन ।

AHA RARA ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close