माछापुच्छ्रेमा गाउँपालिकास्तरीय खुला सेभेन ए साइडको तयारी

पोखरा स्पोर्टस । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गाउँपालिकास्तरीय खुला सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

माछापुच्छ्रे–४ लाहाचोकमा अवस्थित जोगिचौर युवा क्लबको आयोजनामा फागु पूर्णिमाका अवसरमा आगामी चैत १३ देखी १५ गतेसम्म गाउँपालिकाभित्र रहेका क्लबहरुकाबीच फुटबल प्रतियोगिता हुने क्लबका अध्यक्ष किरण भण्डारीले जानकारी दिए ।

क्लबले शनिबार एक कार्यक्रमकाबीच प्रतियोगिताको मिति घोषणा गरेको हो । महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु ३३ हजार ३३३ तथा उपविजेताले रु २२ हजार २२२ सहित ट्रफी र प्रमाणपत्र पुुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी टिम २५ भन्दा माथी हुन पुगेमा सेमिफाइनलमा पुग्ने अरु दुई टिम ले रु तीन हजार थप पुरुस्कार पाउने आयोजकले जनाएको छ ।

यसैगरी बिधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र क्वाटरफाइनल बाट म्यान अफ द म्याच को पुरुस्कार को पनि व्यवस्था गरिएको छ । प्रतियोगितामा टिम दर्ताका लागि रु तीन हजार शुल्क तोकिएको क्लबका सल्लाहकार संयोजक बालकृष्ण अधिकारीले जानकारी दिए ।

क्लबले प्रतियोगिताको प्रचार प्रसारका लागि चैत ११ गते लाहाचोक स्थित बास्तोला कम्प्लेक्समा बिहान रक्तदान कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

घोषणा कार्यक्रममा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबका अध्यक्ष बासुदेब ढकाल,गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिताका संयोजक राजेन्द्र गौतम, टिम कप्तान सन्तोष गुरुङ लगायतले सफलताको प्रतियोगिताको आवश्यक तयारीका लागि अहिलेबाटनै काम शुरु गर्नुपर्नेमा जोड दिए । सो अवसरमा राजेन्द्र गौतमले प्रत्येक खेलको म्यान अफ दि म्याचको पुरस्कारको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close