राष्ट्रिय पेन्केक सिलात : लुम्बिनी टिम च्याम्पियन

पोखरा स्पोर्टस । लुम्बिनी प्रदेश प्रथम राष्ट्रिय पेन्केक सिलात  र्मासल आर्ट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले ५ स्वर्ण, ५ रजत १ कांस्य जित्यो । आयोजक ५ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रो भयो । १ स्वर्ण, १ रजत र २ कांस्य जितेको सुदूरपश्चिम प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो ।

पुरुषमा मदन बस्नेत र महिलामा एन्जिला ऐडी उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्टद्वय लुम्बिनी प्रदेशका हुन् ।

बारबर्दिया नगरपालिकाको धामपुरमा भएको प्रतियोगताको पुरुष ४५ केजीमा लुम्बिनीका मदन बस्नेतले स्वर्ण जिते । उनले फाइनलमा कर्णालीका रोमन ज्ञवालीलाई पराजित गरे । ५० केजीमा सुदूरपश्चिमका राजन बानियाँले फाइनलमा लुम्बिनीका रत्न सहकारीलाई हराउदै पहिलो स्थान हात पारे । ५५ केजीमा लुम्बिनीका हरिभक्त तामाङ पहिलो भए । उनले फाइनलमा प्रदेश २ का सुरेन्द्र विकलाई पाखा लगाए । ६० केजीमा आयोजकका नवीन नेपालले शीर्ष स्थान हात पारे । उनले फाइनलमा प्रलेशका प्रदीप चौधरीलाई पन्छाए ।

त्यस्तै उपाधि भिडन्तको महिला ४० केजीमा आयोजककी लजु चौधरीले लुम्बिनीकी एन्जिा ऐडी, ४५ केजीमा आयोजककी रितु चाधरीले लुम्बिनीकी मनीषा कठायत, ५० केजीमा लुम्बिनीकी संगिना रावतले कर्णालीकी सरु श्रेष्ठ तथा ५५ केजीमा लुम्बिनीकी आचल बुढा मगरले आयोजककी संगिता गिरीलाई पराजित गर्दै स्वर्ण जिते ।

त्यसअघि टुंगल (काता) को पुरुषमा आयोजकका गोविन्द चौधरी र महिलामा आयोजककै लजु चौधरी पहिलो भएका थिए । पुरुष ४० केजीमा आयोजकका नवीन नेपालीले स्वर्ण जितेका थिए ।

विजेतालाई बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु, उपमेयर अन्जु दहित, बारबर्दिया नगरपालिका वडा ६ का अध्यक्ष कर्णबहादुर विकलगायतले पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा ८२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close