
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छरिङि शेर्पालाई नेपाली सेनाले सम्मान गरेको छ ।
महाशिवरात्रीको अवसरमा नेपाली सेनाद्वारा आयोजित सेना दिवसको विशेष समारोहमा अध्यक्ष शेर्पालाई सम्मान गरेको हो । काठमाडौंस्थित टुंडखिेलमा आयोजित विशेष कार्यक्रकमका बिच नेपाली सेनाका सेना प्रमुख जनरल पूर्णचन्द्र थापाले शेर्पालाई सम्मान गरका थिए ।
सेना प्रमुख थापाले अध्यक्ष शेर्पालाई नेपाली फुटबलको विकासमा पुर्याएको उल्लेख्य योगदानको कदर गर्दै ‘सेनापती चीफ कम्मेन्डेसन ब्याच’ पुरस्कार हस्तान्तरण गरेका थिए । नेपाली सेनाले प्रत्येक वर्ष सेना दिवसको अवसरमा विशिष्ट व्यक्तीहरुलाई आ–आफ्नो कार्य क्षेत्रमा योगदान पुर्याए बापत सम्मान गर्दै आइरहेको छ ।
सम्मान पछि अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमा आभार व्यक्त गर्दै भनेका छन–“मैले जानेको ईमान्दारीता हो, प्रतिबद्धता हो, कर्तब्यनिष्ठ हो अनि निरन्तरको सत्प्रयास हो । यस यात्राको सिलसिलामा नेपाली सेनाले नेपाली फुटबलको वर्तमान अवस्थाको मुल्यांकन गरी म र फुटबल परिवार र मेरो परिवार प्रती CoAS Commendation Badge बाट सम्मानित गर्नु भएकोमा प्रधान सेनापति पुर्णचन्द्र थापा प्रती हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।”
AHA RARA GOLD CUP ADVT

