भलिवल प्रतियोगिताको लागि राखेप सदस्य गुरुङले दिए ५० हजार

पोखरा स्पोर्टस । प्रथम हेनरी लेप्टेन नन्द सिंह गुरुङ स्मृति कप महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७७ लाई सफल पार्न राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले आर्थिक सहयोग गरेका छन् ।

प्रतियोगिताको दोश्रो दिनको खेल अवलोकन गर्न कास्कीको माछापुच्छ्रे गाउपालिका स्थित भेडावारी पुगेका सदस्य गुरुङले उक्त प्रतियोगिताको पूर्ण सफलताको कामना सहित ५० हजार रुपैया आर्थिक सहयोग गरेका हुन् । पुरुष तथा महिला तर्फ विजेता टोलीलाई प्रदान गर्ने पुरस्कार राषिमा १०–१० हजार बृद्धि गराएका उनले आयोजना फेरी भेटौला युवा क्लवलाई प्रतियोगिता व्यबस्थापनको लागि भन्दै ३० हजार नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

प्रतियोगितामा पुरुष तर्फको विजेता टिमलाई २१ हजार,उपविजेतालाई १६ हजार त्यसै गरी महिला तर्फको विजेतालाई १५ हजार उपविजेतालाई १० हजार दिने घोषणा भएको थियो । तर सदस्य गुरुङले पुरुष तथा महिला तर्फको विजेतालाई १०–१० हजार रुपैया थप गरेसंगै पुरुष विजेताले ३१ हजार रुपैया र महिला विजेताले भने २५ हजार नगदको साथा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको हो ।

उक्त प्रतियोगितामा पुरुष तर्फ २६ टिम सहभागि भएका छन भने महिलातर्फ भने ६ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष सन्तोष गुरुङले बताए । क्लवले पन्चेबाजा सहित सदस्य गुरुङ सहितका अतिथि एवं कार्यक्रममा आगन्तुकलाई स्वागत गरेको थियो भने उत्त कार्यक्रममा महिला सहभागिता समेत निकै प्रभावकारी भएकोमा सदस्य गुरुङले महिलाहरुको महान पर्वको अवसरमा हरितालिका जित बिषेश कार्यक्रम जसमा केही खेलकुद कार्यक्रमहरु समेत आयोजना गरे त्यस कार्यक्रमको लागि ५० हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराउने वचन दिए ।

भेडावारीको हिमालयन आमा समुहको भलिवल मैदानको संरक्षण सहित प्यारापिट निर्माणमा स्थानियहरु जुट्न आग्रह गर्दैै सदस्य गुरुङले थप सहयोग उपलब्ध गराउन पहल गर्ने जनाए । गाँउ-गाउँमा राम्रो खेल्ने खेलाडीहरुलाई आगामी गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा छनौट गर्न सकिने उनले जनाए । प्रतियोगितामा स्थानिय क्लव देखि पोखरा बागलुङसम्मका क्लवहरुको सहभागिता रहेको क्लवका जापान गुरुङले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close