टाइगर ग्रुपलाई भलिबलको ऐतिहासिक उपाधि

पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा, नेपालले पुरुष भलिवलमा ऐतिहासिक उपाधि हासिल गरेको छ ।

हालै पोखरामा क्लव स्तरिय राष्ट्रिय भलिबल प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरेको टाइगर ग्रुपले पर्वतमा सम्पन्न मगर महोत्सव उपाधि जितेको हो । उपाधि भिडन्तमा टाइगर ग्रुपले २५–१५, २५–२१ र २५–१२ ले पर्वत भलिवल संघलाई जितेको हो ।

उपाधि सँगै टाइगर ग्रुपले नगद १ लाख ५१ हजार हात पारेको छ भने उपविजेता पर्वत भलिवल संघले नगद ७५ हजार प्राप्त गरेको संस्थाका सचिव तथा कास्की जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिएका छन ।

पर्वतमा मगर महोत्सवमा भलिवलको फाइनल खेलमा आयोजक पर्वत भलिवल संघलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको संस्थाका अध्यक्ष नारायण शर्माले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामीले हालै सफलता पुर्वक महिला तथा पुरुष राष्ट्रिय क्लव स्तरिय प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेका थियौं, आज हामिले ऐतिहासिक रुपमा पहिलो पटक उपाधि जितेका छौं, यो हामी सबैका लागि शुखद क्षण हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close