चौथो बुटवल ओपन टेनिसमा पोखरेली खेलाडीहरुको उत्कृष्ट शुरुवात

पोखरा स्पोर्टस । प्रदेश नं ५ को बुटवलमा आज देखि शुरु भएको चौथो बुटवल ओपन टेनिसमा पोखरेली खेलाडीहरुको उत्कृष्ट शुरुवात गरेका छन ।

आजको खेलमा पुरुष सिंगल्सतर्फ निरज गुरुङ, अनिकेत अधिकारी र प्राञ्जल कायस्थले विजयी शुरुवात गरेका हुन । निरजले पहिलो खेलमा दिपक अर्याललाई ६–०, ६–० ले पराजित गरे भने अनिकेतले कृष्ण वस्याललाई ६–०, ६–० र प्राञ्जलले अभिनव आचार्यलाई ७–५, ६–२ले पराजित गरेका छन

पोखराबाट पुरुषतर्फ अनिल शाही, नविन मगर, सौगात विक, विष्णु नेपाली, नेहाल जङ थापाले समेत सहभागिता जनाएका छन ।

त्यस्तै ३५ वर्ष माथीको खेलमा राजन पौडेलले विजयी शुरुवात गरेका छन । राजनले सोम राना सँग ६–२, ६–१ को सहज जित निकालेका छन तर पोखराका देव थापा भने रामु विक सँग ६–२, ६–१ ले हार व्योहरे ।

यता ४५ वर्ष माथीको खेलमा गोपी भट्टराईले अमृत रोक्का माथी ६–३, ६–४ को सहज जित निकाल्दा दोर्जे लामाले मनोज ढुङाना सँग ६–१, ६–० ले, धरम सिंह लामिछानेले वाल्टर स्मिथ माथी ६–१, ६–२ ले, लोक बहादुर गुरुङले विष्णु चापागाई सँगको खेलमा ६–०, ६–४ को जित निकालेका छन । तर सोही समुह अन्तर्गत पोखराका नविन चालिसे उत्तम वोगटी संग ६–४, ७–५ र १०–६ ले संघर्षपूर्ण हार व्योहरेका छन भने देव थापा चन्द्र शाही सँग पराजय भएका छन ।

यता पुरुष डवल्सतर्फ पनि पोखराका खेलाडीहरुले शुखद सुरुवात गरेका छन । पुरुष डवल्समा प्राञ्जल कायस्थ र निरज गुरुङको जोडीले निशान खत्री र एभिकको जोडीलाई ६–४, ६–२ ले पराजित गरे नविन मगर र ऋतिक रानाको जोडीले अनिल शाही र नेहाल थापाको जोडीलाई ६–४, ६–४ ले पराजित गरेका छन ।

प्रतियोगितामा ५५ वर्ष भन्दामाथीको क्याटोगरीमा समिर लालचन, राजेन्द्र घिमिरे, राजु गुरुङ र बसन्त प्रधानको सहभागिता रहेको छ ।

प्रतियोगितामा देशभरिबाट तथा १३ औं दक्षिण एशियाली खेलकूदमा सहभागि तथा पदक विजेता गरी ७० भन्दा वढी खेलाडीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close