
पोखरा स्पोर्टस । मित्र राष्ट्र चिनमा आयोजना हुने रेस्लिङ्ग प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय रेस्लर डेभिड महर्जनले सहभागिता जनाउने भएका छन ।
नेपाल चिन मैत्रीपूर्ण एवं साँस्कृतीक सम्वन्धलाई मजबुत बनाउने कार्यक्रम ‘वन बेल्ट वन रोड ईनिसियटिभ’ अन्तर्गत हुने रेस्लिङ्ग प्रतियोगितामा सहभागिता जनाउने भएका हुन ।
उक्त प्रतियोगिताका लागि नेपालबाट डेभिड छनोट भएको नेपाल रिङ्ग रेस्लिङ्ग संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जानकारी गराएकी छिन् । प्रतियोगितामा सहभागिताका लागि छनोट भएकोमा संघले डेभिडलाई सफलताको शुभकामना ब्यक्त समेत गरेको छ । प्रतियोगिता यहि वर्षको जुलाईमा तय भएको छ ।
