
पोखरा स्पोर्टस । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ द्वारा आयोजित एनएनआईपीए १५ औं सस्करणको अवार्डको ग्लोबल आईएमई बेष्ट प्लेयर अवार्ड पौडीकी गौरिका सिंह र मण्डेकाजी श्रेष्ठले जितेका छन ।
भक्तपुरको थिमीमा आज सम्पन्न अवार्डमा उनीहरु उत्कृष्ट हुँदै नगद १–१ लाख हात पारेका हुन । त्यसै गरी कार्याक्रममा २६ जना खेलाडी सम्मानित भएका छन् । उनीहरु २०७६ सालमा गरेको प्रदर्शनका आधारमा सम्मानित भएका हुन् । सम्बन्धित खेल संघहरुको सिफारिसमा उनीहरु सम्मानित भएका थिए । सम्मानित हुनेहरुमा १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेताहरु रहेका छन् ।
यसैगरी, गल्फका सुवास तामाङ र महिला तर्फ कुस्तीकी संगिता धामीलाई उदयमान खेलाडीको अवार्ड प्रदान गरिएको छ । उनीहरुले नगद ५० हजार प्राप्त गरेका छन् । प्रतिभावान खेलाडीको अवार्ड भने तेक्वान्दोकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठले हात पारे ।
१६ औं संस्करणको अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने त्यहाँका नगर पालिकाका मेयर गजेन्द्र महर्जनले घोषणा गरे । कार्यक्रम संघका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
एनएनआईपीए स्पोर्टस अवार्डमा सम्मानित हुने खेलाडी
सनातन मल्ल (आर्चरी)
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
रत्नजीत तामाङ (ब्याडमिन्टन)
अनुसा मल्ल (बास्केटबल)
मिनु गुरुङ (बक्सिङ)
अन्जली चन्द (क्रिकेट)
बुद्धिबहादुर तामाङ (साईक्लिङ)
रविना थापा (फेन्सिङ)
सुजल श्रेष्ठ (फुटबल)
सुवास तामाङ (गल्फ)
कल्पना वली (ह्याण्डबल)
देविका खड्का (जुडो)
मेनुका कुमारी राजवंशी (कबड्डी)
मण्डेकाजी श्रेष्ठ (कराते)
श्याम बुढाथोकी (खोखो)
प्रदीप खड्का (लनटेनिस)
कल्पना परियार (सुटिङ)
गौरिका सिंह (स्वीमिङ)
पुरुषोत्तम बज्राचार्य (टेबलटेनिस)
विपन ब्लोन (स्क्वास)
आइशा शाक्य (तेक्वान्दो)
सोनी गुरुङ (ट्राइथलन)
कुलबहादुर थापा (भलिबल)
विकास थापा (वेट लिफ्टिङ)
संगीता धामी (कुस्ती)
जुनी राई (उसु)
केशब थापा (पारा टेबल टेनिस)
रोशन राउत उत्कृष्ट पत्रकारिता पुरस्कार
अकबर साह कराते प्रशिक्षक गजराज जोशी आदर्श अवार्ड
