खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका ड्ग ग्रान्टको सहयोग

पोखरा स्पोर्टस । खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका ड्ग ग्रान्टले सहयोग गरेका छन ।

नेपालमा टेनिस खेलको विकासमा अभियान चलाउने ग्रान्टले सन्ध्याको अध्ययन अध्यापनका लागि पहिलो पटक नगद ८५ हजार ७ सय नगद सहयोग गरेका हुन । कास्कीको टेनिस खेलको विकासमा समेत महत्वपूर्ण योगदान दिएका ग्रान्टले सहयोग गरेको उक्त रकम आज एक कार्यक्रमका विच सन्ध्यालाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सन्ध्यालाई पठाएको सहयोगका लागि ड्ग ग्रान्टलाई आभार व्यक्त गर्दै वालिकाको अध्ययन अध्यापनका लागि ठूलो सहयोग पुग्ने बताए । राखेप सदस्य गुरुङले कास्की टेनिसले खेलकुदको विकासका लागि योगदान दिएको प्रति प्रंशसा गर्दै वालिकाको भविष्यका लागि सवैले सोच्नु पर्ने बताए ।

यसै गरी नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले वालिकाको भविष्य वनोस बनेरनै ड्ग ग्रान्टले सहयोग गरेको बताए । उनले नेपालको टेनिस खेलको विकासका लागि ड्ग ग्रान्टको सहयोगको जति प्रशंसा गरे पनि कम हुने बताउँदै वालिकको अध्ययन तथा पालन पोषणका लागि गरेको सहयोगका लागि समेत आभार व्यक्त गरे ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले ड्ग गान्टको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै वालिकालाई टेनिस खेल सिक्न आफ्नोतर्फ बाट पहल गर्ने बताए । उनले भने–“हामी सन्धयाका लागि निकै चिन्तित छौं उनको भविष्य नविग्रोस भन्नका लागि हामी टेनिसको प्लाटफर्म दिन चाहन्छौ ।”

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, लेखा प्रमुख डिवी नेपाली, कास्की जिल्ला टेनिस संघका सचिब नविन चालिसे, कोषाध्यक्ष राजु गुरुङ, सल्लाहाकार बसन्त प्रधान, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित लगाएतको उपस्थितीका उक्त रकम सन्ध्यालाई पालन पोषण गर्दै आइरहेकी विभा नेपालीलाई हस्तान्तरण गरिएको छ ।

प्राप्त रकम सन्ध्याको नाउँमा वैंक खाता सञ्चालन गर्ने र प्राप्त हुने सवै सहयोग उनको अध्ययन अध्यापनका लागि खर्च गरिने भएको छ ।

को हुन सन्ध्या ?
विसं २०७२ सालमा पोखरा रंगशालामा एक महिलाले अलपत्र छोडेर हिंडेकी हुन सन्ध्या । करिव ७ महिनाकी हुँदा विमारी हालतमा वालिका छोडेर वेपत्ता भएकी ति महिला हाल सम्म फर्केकी छैनन । ति वालिकालाई पोखरा रंगशालामा ज्यालादारीमा कार्यरत विभा नेपालीले पालन पोषण गर्दै आइरहेकी छन । सन्ध्या अहिले ६ वर्षकी हुन लागेकी छन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुदकै सहयोगमा उनलाई एसओस वालग्राममा अध्ययन अध्यापनको व्यवस्था गरिएको छ ।

को हुन सहयोगदाता ड्ग ग्रान्ट ?

डग ग्रान्ट नेपालको टेनिस खेल विकासका लागि एक अभियानकर्ता हुन । ‘टेनिस ट्रेकर्स’को समेत उपाधि पाएका ग्रान्ट नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आफू ट्रेकिङमा जाँदा समेत टेनिस खेलको विकास गर्न स्थानियलाई जागरुक गर्छन । टेनिसका सवै खेल सामाग्रीहरु आफू सँगै ट्रेकिङमा लिएर हिड्ने ग्रान्टले सानो ठाउँमा समेत टेनिस खेल्न सकिन्छ भन्ने सन्देश दिंदै नेपाली यूवाहरुलाई टेनिस प्रशिक्षण गर्दै खेल्न हौंसाउँछन । नेपाली चेली विवाह समेत गरेका ग्रान्ट विश्वका धेरै टेनिस खेलाडीहरु सँग नजिकको सम्वन्ध राख्दछन ।

तस्विरः सुदर्शन रञ्जित

यो पनि पढनुहोस

खेलकुदकी छोरी ………….‘सन्ध्या’……..!

समाचार प्रभाव : खेलकुदकी छोरी सन्ध्यालाई न्यानो लुगा

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close