
पोखरा स्पोर्टस । २०७२ सालमा पोखरा रंगशालामा भेटिएकी सन्ध्यालाई सरिता फाउण्डेशनले न्यानो लुगा प्रदान गरेको छ ।
सामाजिक अभियन्ता एवम फाउण्डेशनकी अध्यक्ष सरिता गुरुङले पोखरा स्पोर्टसमा प्रकाशित समाचारका आधारमा सन्ध्यालाई न्यानो लुगा प्रदान गरेकी हुन । हाल अमेरिकामा रहेकी अध्यक्ष सरिताले अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित मार्फत ५ हजार मुल्यको न्यानो लुगा प्रदान गरेकी छन ।

पोखरा रंगशालामा ज्यालादारीमा काम गर्दै आएकी विभा नेपालीको संरक्षणमा रहेकी सन्ध्याका लागि देश विदेशबाट समेत नगद सहयोग आउने क्रम जारि रहेको छ । प्राप्त रकमलाई व्यवस्थित रुपमा सन्ध्याले प्राप्त गर्ने गरि वित्तिय संस्थामा जम्मा गर्ने बारे छलफल भइरहेको अग्रज फोटो पत्रकार रञ्जितले पोखरा स्पोर्टसलाई बताए । गत जेठमा ५ वर्षमा टेकेकी सन्ध्या अध्ययनमा समेत लगनशिल रहेको विभाले बताएकी छन ।
यो पनि पढनुहोस
खेलकुदकी छोरी ………….‘सन्ध्या’……..!
१ प्रतिक्रिया