
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको डायमण्ड माविमा छात्र–छात्रा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
छात्र तथा छात्रा गरि जम्मा ५ टिम सहभागी प्रतियोगितामा छात्र तर्फ कक्षा ११ प्रथम हुन सफल भएको छ । कक्षा १० लाइ २—१ को सेटमा हराउदै प्रथम हुन सफल भएको हो ।
त्यसैगरीे छात्रा तर्फ कक्षा १० प्रथम भएको छ । कक्षा ९ लाइ २—० को सेटमा हराउदै प्रथम भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिए ।
विद्यालयमा अध्ययनको अलावा विद्यार्थीहरुमा अन्तरनिहित क्षमता उजागर गर्ने उद्देश्यले भलिवल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक दिनेश शर्माले बताएका छन् ।
