तेश्रो महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने

पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा “तेश्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७७” सुर्खेतमा आयोजना हुने भएको छ ।

फागुन २४ र २५ गते हुने प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने आज पत्रकार सम्मेलनमा जानकारी गराईयो । नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा एशियन र दक्षिण एशियाली खेलकुदमा सहभागि खेलाडीहरुभने सहभागिता जनाउन पाउने छैनन । प्रतियोगिता बिश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा खेलाईने छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा बिश्व तेक्वान्दो महासंघले निर्धारण गरेको आधिकारीक तौल समूहमा जुनियर, सिनियर तथा पुम्सेका सवै समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य, नेपाल तेक्वान्दो संघका सदस्य एवं महिला सशक्तिकरण समितिकी संयोजक नन्दा बस्यालले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।

करिव ४५ लाख ३३ हजार अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद तीन, दुई र एक हजार प्राप्त गर्नेछन् । यस्तै शिर्ष तीन टीमले नगद १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै जुनियर तथा सिनियर विधाका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा संयोजक नन्दा बस्यालद्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close