
पोखरा स्पोर्टस । दक्षिण एसियाली खेलकुद(साग)मा पदक प्राप्त खेलाडीहरुको एक टोलीले सहारा एकेडेमीको अवलोकन गरेको छ ।

अन्तर्राष्ट्रिय पदकधारी खेलाडी तथा ओलम्पियन दीपक विष्ट, दीपक श्रेष्ठ, र मण्डेकाजी मर्हजन सहितको एक टोलीले आइतबार सहारा एकेडेमीमै पुगेर एकेडेमीको बारे जानकारी लिएको सहारा क्लबले जनाएको छ ।

सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, विरभद्र आचार्य लगायतको टोलीले एकेडेमीमा उक्त टोलीलाई खादा लगायर स्वागत गरेको थियो । कार्यक्रममा बोल्दै ओलम्पियन विष्टले धेरै पटक एकेडेमीमा आउने प्रयास गर्दा बल्ल अवसर जुरेको बताउदै क्लवले आफुहरुले अपेक्षा भन्दा धेरै राम्रो ढंगले व्याबस्थापन गर्दै आएको धारणा सुनाए । सागका पदकधारी अर्का खेलाडी श्रेष्ठले एकेडेमीमा सरकारको समेत सहयोग आवश्यक भएकोले यसमा सवैले पहल गर्नुपर्ने बताए ।

साथै उक्त टोलीमा डि.पि.एल.एकेडेमीका संस्थापक सदस्य हर्क वोहरा, केल्मी नेपालका निर्देशक प्रदिप न्यौपाने, खेल पत्रकार पवन आचार्य, प्रकाश तिमिल्सिना लगायतको समेत उपस्थिती रहेको थियो । सहारा एकेडेमीमा १४ जिल्लाका २४ जना वालकहरु रहेका छन ।

यसैबिच, यस बर्ष १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता पोखरामा आउँदो चैत १७ गते २८ गतेसम्म हुने तयारी सुरु भएको छ । उक्त प्रतियोगिताको बचत रकमले सहारा क्लवले एकेडेमीमा खर्चिदै आएको छ ।

तस्विरः सुदर्शन रञ्जित
