भलिवलका पुर्व राष्टिय खेलाडी वस्नेतको स्मृतिमा अक्षयकोष स्थापना

पोखरा स्पोर्टस । भलिवलका पुर्व राष्ट्रिय खेलाडी उदय वहादुर वस्नेतको स्मृतिमा पोखरा १६ हिमालय क्लवले अक्षयकोष स्थापना गरेको छ ।

क्लवका मानार्थ सदस्य समेत रहेका स्वर्गीय वस्नेतको स्मृतिमा क्लवले अक्षयकोष स्थापना गरी १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिएका छन ।

कास्की जिल्लामा रही भलिवलको विकासमा उत्कृष्ट योगदान पु्याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद १० हजार, सम्मान पत्रवाट पुरस्कृत गरिने सचिव प्रकाश थापाले बताए । उक्त अक्षयकोषलाई व्यवस्थित रुपमा संचालन गर्ने गरी नियमावली वनाउन क्लवले कार्य समिति सदस्य एवं भलिवलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्र व. वस्नेतलाई जिम्मेवारी दिएको छ ।

खेल तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय वस्नेत भलिवलका पुर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला भलिवल संघका संस्थापक अध्यक्ष रहेका थिए ।
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close