मनिताको कप्तानीमा गण्डकी स्व.सहाना प्रधान स्मृती महिला राष्ट्रिय हक्कीमा भिड्ने

पोखरा स्पोर्टस । यहि माघ २८ गतेबाट फागुन २ गते सम्म महेन्द्रनगरमा सञ्चालन हुने तेश्रो संस्करणको स्व.सहाना प्रधान स्मृती महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडीहरुको छनोट गरिएको छ ।

मनिता रानाको कप्तानीमा गण्डकी प्रदेशबाट २ जना वैकल्पिक खेलाडी सहित १६ जना खेलाडीको छनोट गरिएको हो । छनोट भएका खेलाडीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सिर्जना नेपाली, सन्ध्या नेपाली, अस्मिता वानिया, दिक्षा गुरुङ, लल्मी गुरुङ, तनुसुवा पुन, प्रिती मगर, कमला मगर र सुनिता गुरुङ रहेका छन ।

त्यसै गरी २ जना वैकल्पिक खेलाडीमा पुजा पुन र मनिला मगर रहेका छन । टिमको प्रशिक्षक तथा व्यवस्थापकमा राजन नेपाली रहेका छन । गण्डकी प्रदेश महिला टिम यहि माघ २६ गते त्यस तर्फ प्रस्थान गर्ने हक्कीका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हित गुरुङले जनाएका छन ।
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close