पोखरामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको तयारी तिव्र

पोखरा स्पोर्टस । पोखरामा आगामी फागुन ४ गते देखि आयोजना हुने “प्रदेश स्तरिय मुख्यमन्त्री कप महिला/पुरुष भलिबल प्रतियोगिता”को तयारी आयोजकले तिव्र पारेको छ ।

कास्की जिल्ला भलिबल संघको आयोजनामाहुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको अध्यक्ष भिम पराजुलीले जानकारी दिएका हुन । प्रतियोगितामा कास्की सहित ९ जिल्लाको महिला तथा पुरुष टिमको छनोट खेल सम्पन्न भइसकेको अध्यक्ष पराजुलीले पोखरा स्पोर्टसलाई बताए ।

पोखरा रंगशालाको भलिवल खेल मैदानमा फागुन ४ देखि ८ गते सम्म सञ्चलान हुने प्रतियोगिता पोखरामा हुने नवौं राष्ट्रिय खेलकूदको पूर्व तयारी अनुरुप हुन लागेको हो । उक्त प्रतियोगिता खेलाडी प्रतिभा छनौटको रुपमा समेत रहेको अध्यक्ष पराजुलीले बताए । उनले भने–“यो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुदका लागि उत्कृष्ट महिला तथा पुरुष खेलाडीको छनोट गरिने छ ।”

प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान नगद २–२ लाख, उपविजेता टिमले समान नगद १–१ लाख तथा तेश्रो हुने टिमले समान ५०–५० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक खगेन्द्र गौचनले पोखरा स्पोर्टसलाई बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद ५–५ हजार, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले समेत नगद ५–५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गौचनले बताए । प्रतियोगितामा करिव ५४ लाख ३४ हजार खर्च लाग्ने र करिव ६५ हजार वचत हुने आयोजकले जनाएको छ ।
Pokhara Marathon Advt

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close