पोखरा म्याराथन सफल बनाउन विदेशको भूमीबाट सफलताको शुभकामना सहित सहयोगको प्रतिवद्धता

पोखरा स्पोर्टस । नेपाली खेलाडीहरुको अग्रज संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी फागुन १ गते शनिवार आयोजना हुने “१५ औं सफल पोखरा म्याराथन अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन विदेशी भूमीबाट संघ–संस्थाहरुले प्रतिवद्धता सँगै सफलताको शुभकामना व्यक्त गरेकाछन ।

मञ्चले आयोजना गरेको एक भर्चुअल सम्वाद कार्यक्रममा युके, अस्टे«्लिया, हङकङ लगाएतका देशबाट सहभागी विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले उक्त प्रतिवद्धता सँगै शुभकामना व्यक्त गरेका हुन ।

सो अवसरमा वोल्दै गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले भावी पुस्ताका लागि समेत पोखरा म्याराथन गौरवको विषय रहेको बताइन । अध्यक्ष गुरुङले भनिन–“नेपाल ‘कन्ट्रि अफ ड्रिमल्याण्ड’, ‘कन्ट्रि अफ माउन्ट एभरेष्ट’ मात्रै होइन पोखरा म्याराथनको आयोजनाले नेपाल ‘कन्ट्रि अफ म्याराथन’को रुपमा पहिचान बोक्न सफल भएको छ ।” उनले आफ्नो मातृभूमीको पहिचान बोकेको पोखरा म्याराथन पूर्ण रुपमा सफल हुने कुरामा विश्वास व्यक्त गरिन ।

सम्वाद कार्यक्रममा वोल्दै पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युकेका अध्यक्ष मन प्रसाद गुरुङले पोखरा म्याराथन विश्वका सवै नेपालीको साझा कार्यक्रम भएकोले यसलाई सफल बनाउन आग्रह गरे । उनले भने–“पोखरा म्याराथन सबैको साझा चौतारी हो र यसलाई आर्थिक, नैतिक तथा भौतिक रुपले सफल बनाउन सहयोग गरौं ।”

सो अवसरमा तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङले पोखरा म्याराथन खेलकुद विकासका लागि महत्वपूर्ण कार्यक्रम रहेकोले यसलाई सफल बनाउन सवैलाई आग्रह गरे । पोखरा म्याराथनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष गुरुङले शुरक्षाको मापदण्ड अपनाउँदै प्रतियोगितालाई सफल हुनेमा विश्वास व्यक्त गरे ।

यसै गरि तमु प्ले संघ युकेका अध्यक्ष मेजर खुसिमान गुरुङ एमभिओले आफ्नो तर्फबाट पूर्ण सहयोगको प्रतिवद्धता जनाउँदै पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सहारा युकेका अध्यक्ष कुमार गुरुङले कोभिड १९ को विषम परिस्थितीमा समेत पोखरा म्याराथन आयोजना हुनु महत्वपूर्ण रहेको बताउँदै आफूहरु यतिवेला यूकेमा लकडाउनमा वसेको भए पनि पोखरा म्याराथन सँगै आयोजना हुने १९ औं आहा रारा गोल्डकपले आफ्नो मन भने मातृभूमीतर्फ आर्कषित भइसकेको बताए ।

कार्यक्रममा बगर भाई खलक युकेका अध्यक्ष युकेबाट चन्द्रमान गुरुङ, तमु धिं युकेका संस्थापक अध्यक्ष तथा मञ्चका आजिवन सदस्य मिन प्रसाद गुरुङ, मञ्चकालागि यूके प्रतिनिधी तथा आजिवन सदस्य महेश गुरुङ, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष तथा मञ्चका आजिवन सदस्य सूर्य गुरुङ, तमु धिं का पूर्व अध्यक्ष तथा पोखरेली मञ्चका आर्थिक संयोजक रामचन्द्र गुरुङ ‘सुर्जे’, अमेरिकाबाट मञ्चका आजिवन सदस्य सोम गुरुङ, धरान रनका परिकल्पनाकार सन्तोष राई, अष्ट्रेलिया सेनामा आवद्ध धावक चन्द्र प्रकाश गुरुङ, हङकङबाट तेक्वान्दो ग्राण्ड माष्टर तुल्सी गुरुङ, पोखरेली मञ्च युेका संस्थापक अध्यक्ष क्या.सिवी पुन, घोताने समाज युकेका अध्यक्ष चन्द्र बहादुर गुरुङ, मञ्चका संस्थापक कोषाध्यक्ष लोक बहादुर गुरुङ, मञ्चका आजिवन सदस्य तथा सहारा युकेका उपाध्यक्ष कुशाङ गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष मिन गुरुङ, मञ्चका अक्षय कोष दाता योगेश गुरुङ लगाएतले पोखरा म्याराथनको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङका अध्यक्षतामा तथा मञ्चका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद पराजुलीले स्वागत गरेको कार्यक्रममा करिव ५० जनाको सहभागिता रहेको थियो ।
Pokhara Marathon advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close