माछापुच्छ्रेमा वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिता हुने

पोखरा स्पोर्टस । युवा विकास तथा खेलकुद समन्वय समितिको आयोजना एवम् माछापुच्छ्रे गाउपालिका वडा नं. ८ को समन्वयमा माछापुच्छ्रे गाउपालिका–८ ठाटी र लुम्रेमा वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता माघ २२ गतेदेखि २४ गतेसम्म हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदको मूल भाव बोकी सञ्चालन भएको प्रतियोगिताले गाउँपालिका ८ नं. वडाका टोल र गाउका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पु¥याउने खेलकुद संयोजक जापान गुरुङले बताए। उनले मानिस शारिरीक, मानसिक, संवेज्ञात्मक र सामाजिक रुपमा स्वस्थ्य रहनको लागि खेलकुदले मुख्य भूमिका खेल्ने हुँदा खेलक्षेत्र विकास गर्नु आजको आवश्यकता बताएका छन् ।

कार्यक्रम संयोजक तेजबहादुर तामाङ (विकास)ले समाजमा कुरिति, विसंगति र नकरात्मक क्षेत्रमा युवाहरु हिड्ने अबस्था सृजना नगर्न खेल क्षेत्रले सुधारगृहको काम गर्दछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य हो तर त्यो पूरा नभएपनि वालवालिकाहरु स्वस्थ्य बनी सवल नागरिक उत्पादन हुनुपनि ठूलो भएको बताए ।

रनिङ शिल्ड प्रतियोगिताका अध्यक्ष सन्तोष गुरुङले पुरुष भलिबल प्रतियोगितामा क्रमशः प्रथम द्वितीय र तृतीय लाई २० हजार, १५ हजार, १० हजार र महिला भलिबल प्रतियोगितामा क्रमश; १५ हजार, १० हजार, ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र रहेको जनाए । भने सटपुट, लङजम्प, हाइजम्प, ज्यावलिङ थ्रो, दौड प्रतियोगिता १ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ किलोमिटर दौड रहने जनाए । प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद सहित मेडल र प्रमाणपत्र पाउने जानकारी गराएका छन् ।

माछापुच्छे गाउँपालिका वडा नं. ८ मा ८ वटा गाउँ एवम् टोल रहेका छन् । प्रत्येक टोल एवम् गाउँबाट भलिबल खेलमा महिला १० जना र पुरुष १० जना तथा अन्य खेलमा महिलामा २ जना र पुरुषमा २ जनामात्र सहभागी हुन सक्नेछन् ।
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close