पोखरामा माघ २७ गतेबाट राष्ट्रियस्तरको महिला तथा पुरुष भलिवल हुने

पोखरा स्पोर्टस । पोखरामा माघ २७ गते देखि फागुन १ गते सम्म पोखरा रंगशालामा राष्ट्रियस्तरको महिला तथा पुरुष क्लवस्तरिय भलिवल प्रतियोगिता हुने भएको छ ।


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनशिप भलिवल प्रतियोगिता–२०७७” हुने भएको हो । सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले महिलातर्फ ४ र पुरुषतर्फ ४ गरि कूल ८ टिमको सहभागिता रहने जानकारी दिएका छन ।

राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ । यसै गरि पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने भएको छ ।प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितिय हुनेले ७५ हजार तथा तृतियले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने भएका छन ।

कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको उक्त प्रतियोगितामा ३० लाख वचत हुने आकंलन प्रतियोगिताका संयोजक तथा गु्रपका नेपाल–जापानका अध्यक्ष नविन गुरुङले जानकारी दिए । प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने भएको छ । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमीफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको आयोजकले जनाएको छ ।

सो अवसरमा ग्रुपका सदस्य तथा प्रतियोगिता प्रचार प्रसार समितीका संयोजक राम कृष्ण ज्ञवाली, नेपाल भलिवल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङ, ग्रुपका सदस्य तथा जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल, संघका केन्द्रिय सचिव डिवी नेपाली लगाएतले प्रतियोगिताका विविध पक्षबारे जानकारी दिएका थिए ।

सो अवसरमा ग्रुपका सदस्य चन्द्र प्रसाद गौचन विरेठाँटी मावीको सञ्चालक समितीको अध्यक्षमा निर्विरोध निर्वाचित भएकोले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

ADVT: Pokhara Marathon

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close