डिफेन्डिङ च्याम्पियन बगर भाई खलक क्वाटरफाइनलमा

पोखरा स्पोर्टस । हेटौडमा जारि एट ए साइड फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बगर भाई खलक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको भेट्रान्स टिमले विरगञ्ज भेट्रान्सलाई टाईब्रेकरमा ३–२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा विरगञ्जले पहिलो हाफमा १ गोलको अग्रता लिंदै बगर भाई खलकलाई दवावमा राख्ने प्रयास गरे पनि दोश्रो हाफमा भाई खलकका मनोज गुरुङले गोल फर्काए पछि खेल टाईब्रेकरमा पुगेको थियो ।

टाइव्रेकरमा विरगञ्जले डिफेन्डिङ च्याम्पियन बगर भाई खलकलाई जित्ने सपना त्यती खेर खेर गयो जब भाई खलकका किपर दिलिप क्षेत्रीले विरगञ्जका खेलाडीको बल रोके । ३–३ पटक टाइव्रेकर प्रहारको मौका पाएका दुवै टोलीमा वगर भाइखलकले ३ गोल नै गर्न सफल भयो भने विरगञ्ज २ गोलमा सिमित भयो ।

खेलमा बगर भाई खलकका गोल किपर क्षेत्री म्यान अफ दि म्याच घोषित भए । भाई खलकले भोली विहिवार हेटौडा भेट्रान्स सँग भिड्ने छ ।

यस अघि भएको कार्यक्रममा भाइखलकका पोखरा प्रतिनिधी तथा सहारा युकेका महासचिब धनु पुरन थकालीले आयोजक संस्थालाई भाइखलकका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close