पोखरामा माघ २४ गते ‘प्रथम एमेचुअर क्यासल कप’ हुने

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लिले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ ।

उदीयमान खेलाडीहरुलाई लक्षित गरी आगामी माघ २४ गते गणेशटोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा एक दिने ‘फाईभ ए साईड फुटसल’ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

स्पोर्टस् क्यासलका सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका प्रतियोगिता संयोजक ईश्वर (चन्द्र) गुरुङले उदीयमान खेलाडीहरुलाई स्थान दिने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनका अनुसार व्यावसायिक रुपमा फुटबल खेल्दै आएका खेलाडीहरु सो प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । “हामीले नयाँ खेलाडीलाई प्राथमिकतामा राखेर यो टुर्नामेन्ट आयोजना गर्न लागेका हौ”, संयोजक गुरुङले भने, “उनीहरुको प्रतिभा प्रष्फुटन गर्न यस प्रतियोगिताले थप टेवा पुर्याओस भन्ने हेतुले एक दिनमै सम्पन्न गर्नेगरी आउदो २४ गते खेलाउदै छौ ।” प्रतियोगितामा व्यवसायिक खेलाडीहरु भने खेल्न नपाउने उनले जानकारी दिए ।

गुरुङले उक्त प्रतियोगिताको बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार प्राप्त गर्नेछ । भने सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई जि.एच हेयर एण्ड ट्याटु न्यूरोडद्वारा ८ जनालाई निशुल्क कपाल काट्ने र बुलडग बार खहरे लेकसाईडको तर्फबाट ८ जनालाई खानामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

संयोजक गुरुङले सो प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी बन्न सफल खेलाडीलाई केल्मीको आधिकारिक बिक्रेता डिलाईट स्पोर्टस्बाट केल्मी फुटसल जुत्ता प्रदान गर्ने बताए । करिब ३० टिम बढि अपेक्षित सो प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ ।

उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । स्वास्थ्य उपसमितिको जिम्मा पद्म फार्मेसीका सञ्चालक बाबुराम पौडेल, क्यासलका सञ्चालक विजया गुरुङ र अनमोल पालिखेलाई मैदान तथा खेलाडी व्यवस्थापन उपसमितिको जिम्मा फुटबल प्रशिक्षक विष्णु गुरुङ, अञ्जन देवकोटा, रन्दीप पौडेल, सुमित श्रेष्ठ, सुदिप सुनार, स्वयम्सेवक व्यवस्थापनको जिम्मा, देव गुरुङ, आकाश वामे, अर्जुन थकाली लगायतलाई जिम्मा दिईएको छ ।

त्यस्तै खाजा तथा पानी व्यवस्थापन उपसमितिको जिम्मा विकास गुरुङ तथा शिव प्रसाद गुरुङ, रेम्बो परियार र प्रचारप्रसार तर्फको जिम्मा निकोलस गुरुङ, सुमन गुरुङ तथा सुशान्त गाहा मगरलाई दिईएको छ । सो प्रतियोगितालाई मिडिया पाट्नर्सको रुपमा गोल नेपाल, चङ्गा प्रोडक्शन, लोडिङ नेपाल र मयुर टाईम्स न्यूजले साथ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close