
काठमाडौं सम्वाददाता । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सुवास श्रेष्ठको पहलमा रिगल हेटौडा रिसोर्टले खेलाडीहरुलाई खेल पोशाक (ट्रयाक) सहयोग गरेको छ ।
रिसोर्टका चेयरम्यान बिनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मी ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका हुन् । ब्याडमिन्टन खेलाडी समेत रहेका बमजन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् ।
रिसोर्टका चियरमेन वमजनले समाज सेवाका साथै विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आईरहेको ब्याडमिन्टन राखेप सदस्य श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । सदस्य श्रेष्ठले खेलाडीलाई खेलाडी पोशाक उपलव्ध गराएकोमा आभार व्यक्त गर्दै अन्य संस्था तथा व्यवसायीहरुलाई समेत खेलाडीहरुलाई यस्तो सहयोगका लागि आग्रह गरेका छन ।
यस अघि आईतबार मात्रै राखेप सदस्य श्रेष्ठको पहलमा नै सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुका लागि २५ थान केल्मी ब्रान्डको ज्याकेट प्रदान गरेका थिए ।
