
पोखरा स्पोर्टस । विशवकप छनौट तयारीका लागि पोखरा आउन लागेको नेपाली राष्ट्रिय फुटबल टिमका लागि पोखरा रंगशाला फुटबल मैदानमा घाँस गोड्दै ।
२०७६ मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)को महिला तर्फको फुटबल प्रतियोगिता पछि कुनै प्रतियोगिता भएको छैन । रंगशालाको काम ८० प्रतिशत काम सकिए पनि कोभिड–१९ का कारण भारतिय प्राविधिकहरु नआउँदा काम समेत रोकिएको छ । कास्की जिल्ला फुटबल संघले यति वेला मैदान तथा शौचालयको मर्मतको काम थालेको छ ।

पोखरामा हुने वन्द प्रशिक्षण अन्तर्गत पोखरा रंगशालाको मुख्य फुटबल स्टेडियम र दोविल्ला स्थित सहारा एकेडेमीको फुटबल मैदान, पोखरा १९ स्थित गोष्तेघाटको मैदान र पश्चिम पृतना स्थित खेल मैदान समेत हुने जनाइएको छ ।
करिव दुई साताको वन्द प्रशिक्षणका लागि पोखरा आउने राष्ट्रिय फुटबल टिमले विश्वकप छनौट अन्तर्गत अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डन सँग घरेलु मैदानमा छनोट खेल खेल्ने छ । यस अघि भएको अवे म्याचमा नेपाल अस्ट्रेलिया सँग पराजित भइसकेको छ भने चाइनिज ताइपेइलाई जितेको छ । घरेलु मैदानमा नेपालले चाइनिज ताइपेई सँग चैत १२ गते र अष्ट्रेलिया सँग चैत १७ गते खेल्दैछ भने जोर्डन सँग जेठमा मात्रै छनोट खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फाले जनाएको छ ।
