स्पोर्टस अवार्डका लागि केल्मीको प्रायोजन

काठमाडौं सम्वाददाता । आसन्न १७औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले केल्मी नेपालसंग प्रायोजन सम्झौता गरेको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मी सँग पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपाने बीच प्रायोजन-सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सात लाख पचास हजार रुपैयाँ बराबर एक सय थान विन ज्याकेट, एक सय थानपोलो टी–सर्ट र ३५ (पैतिस) सेट गिफ्ट ह्याम्परमा कार्यक्रमको लोगो प्रिन्टसहित उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले कोभिडको कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले साग खेलकुदमा खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्न समेत अवार्ड कार्यक्रमसंग जोडिएको उल्लेख गरे ।

मञ्चकाअध्यक्ष सुबेदीले बिषम परिस्थितीमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए । घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमि भर्चुअल रुपमाआयोजना हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close