पोखरा रंगशालामा हुने भलिवल प्रतियोगिताको तयारी पुरा

पोखरा स्पोर्टस । पोखरा रंगशालामा शुक्रवारबाट आयोजना हुने पुरुष भलिवल लिग प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ ।

एनएसजेएफ स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयमा परेकी नेपाली महिला भलिवल टिमकी कप्तान अरुणा शाहीलाई जिताउने अभियानका लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागी हुन वागलुङ, पर्वत, स्याङजा, कास्की र नवलपुर जिल्ला भलिवल संघका टिम खेलाडीहरु पोखरा आइसकेको नेपाल भलिवल संघका केन्द्रिय सदस्य तथा अरुणा जिताउँ अभियान कार्यदलका सदस्य समेत रहेका राजकुमार गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“यो प्रतियोगिताले अरुणालाई जिताउन सहयोग मात्रै पुग्ने छैन, जनमानसमा अरुणा जिताउने अभियानलाई अझै व्यापक बनाउन सहयोग पुग्छ ।”

लिग चरणका खेलहरु विहानैबाट पोखरा रंगशालामा शुरु हुने भए पनि उद्घाटन भने मध्यान्ह पछि हुनेछ । पौष २४ र २५ गते सञ्चालन हुने प्रतियोगितामा एपिएफ क्लव र न्यु डायमण्डका विच महिला भलिवल खेलाडीहरु पदर्शन खेलका लागि भिड्नेछन । पल्सर स्पोर्टस अवार्डमा भलिवलकी अरुणालाई जिताउन विभिन्न कार्यक्रमहरु आयोजना गरि रकम संकलन गर्ने तथा भोटिङ गर्ने कार्यलाई पश्चिमाञ्चल भलिवल संघ र कास्की जिल्ला भलिवल संघले जारि राखेको संघका सचिब डिवी नेपालीले जानकारी दिए ।

अरुणालाई जिताउन उनको गृह जिल्ला म्याग्दीमा समेत कार्यक्रमहरु भएका छन भने हाल सम्म करिव ४ लाख भन्दा वढी रकम संकलन भइसकेको छ । अरुणालाई जिताउन देश विदेशमा रहेका भलिवल खेलाडी देखि खेलप्रेमीहरुले रकम संकलन गरेको केन्द्रिय सदस्य गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close