गण्डकीमा आठौं पर्वतीय खेलकुद महोत्सव फागुनको तेश्रो साताबाट

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आठौं पर्वतीय खेलकुद महोत्सव फागुनको तेश्रो साताबाट शुरु हुने भएको छ ।

माउन्टेन स्पोर्टस फेडेरेशनको संयोजन तथा विभिन्न खेलकुद संघहरुको आयोजनामा आठौं सस्करणको पर्वतीय खेलकुद महोत्सव हुने भएको हो । करिव एक महिना सम्म सञ्चालन हुने सो महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फेडेरेशनका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य गोविन्द भट्टराईले सहासिक तथा पर्यटकिय सँग सम्वन्धित करिव १५ वटा खेलहरु आयोजना हुने बताउनुभयो ।

महोत्सव अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्विङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु प्रस्तावका रुपमा अघि सारिएको राखेप सदस्य तथा मुल समितीकी संयोजक सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । ति खेलहरु गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना गर्ने भए पनि कुन खेल कुन जिल्लामा गर्ने भन्नेवारे भने अझै टुङ्गो नलागेको भए पनि फागुन २० गतेबाट महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाललाई माउन्टेन स्पोर्टस हवको रुपमा स्थापित गर्न तथा गण्डकी प्रदेशमा यसको सफल आयोजनाले यस क्षेत्रमा कोभिड–१९ले तहस नहस बनाएको पर्यटनलाई अघि वढाउन थप सहयोग पुग्ने अध्यक्ष भट्टराईले बताउनुभयो । महोत्सव सम्पन्न गर्न १ करोड ८८ लाख अनुमानित खर्च हुने जनाउँदै उहाँले राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने पर्वतीय खेलकुद महोत्सव व्यवस्थित रुपमा आयोजना गर्नका लागि सम्वन्धित खेल संघका प्रतिनिधी सम्मिलित १७ सदस्यिय व्यवस्थापन समिती गठन गरिएको छ । सो अन्तर्गत माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यिय सचिवलायको कार्यदल समेत गठन गरिएको जनाइएको छ । जसको सदस्यमा लक्की क्षेत्री, बसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहनुभएको छ ।

गण्डकी प्रदेशका सांसद तथा फेडेरेशनका प्रदेश संयोजक इन्द्रधारा विष्टको अध्यक्षतामा भएको कार्यक्रममा राखेपका सदस्य सम्पन्न श्रेष्ठ, राखेप सदस्य रेनुका श्रेष्ठ, नासा नेपालका कोषाध्यक्ष मणी नेपाल लगाएतले फेस्टिभल सफलतापूर्वक सम्पन्न गर्न सवैलाई आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close