
पोखरा स्पोर्टस । युनाइटेड अरव इमिरेट्स (युएई)मा नेपाली युवाहरु फुटबल प्रतियोगितामा भिड्ने भएका छन ।
‘खेल खेलौं स्वस्थ्य रहौंं’ भन्ने मुल उद्धेश्यका साथ कास्की आदर्श समाज युएईको आयोजनामा प्रतियोगिता आयोजना हुन लागेको हो । विश्वभर फैलिएको कोभिड–१९ महामारी पछि यहि जनवरी ८ तारिखका दिन प्रतियोगिता आयोजना हुने समाजले जनाएको छ ।
प्रतियोगितामा यूएई स्थित विभिन्न क्लव र सामाजिक संस्थाका गरि ११ टिमले सहभागिता जनाउने भएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधी विजेता टिमले नगद ४ हजार ५ सय ५५ दिराम र उपविजेता टिमले नगद २ हजार ५ सय ५५ दिराम सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगितालाई सफल बनाउन एसटिएम फाउन्डेशनले मुख्य प्रायोजन गर्दैछ भने सह प्रायोजकमा सयपत्री रेष्टुरेन्ट र जिवी होलिडेज रहेको छ ।
नेपाली युवाहरुको मुख्य गन्तव्य बनेको युएईमा विदाको दिनमा विभिन्न प्रतियोगिताहरु आयोजना हुँदै आएका थिए । तर कोभिड १९ पछि ति प्रतियोगिता स्थगित मात्रै भएका थिएनन आफ्नो पेशा समेत धरापमा परेको थियो भने सयौंको संख्यामा स्वदेश फर्किन वाध्य समेत भएका थिए । तर यति वेला भने स्थिती सामान्य वन्दै गएको र प्रतियोगिता लगाएतका सामाजिक गतिवधी समेत आयोजना हुन थालेको कास्की आदर्श समाज युएईका सदस्य राहुल श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए ।
